default_image

6 months ago

January 29, 2024

सुदूरपश्चिम विरुद्ध जितसहित आर्मीको फाइनल सम्भावना उच्च 

1525 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले जारी प्रधानमन्त्री कप पुरुष कप क्रिकेट प्रतियोगिता अन्तर्गत टियु क्रिकेट मैदानमा सुदुरपश्चिम प्रदेश विरुद्ध जित हासिल गरेको छ ।  आर्मीले सुदुरपश्चिम प्रदेश विरुद्ध ९७ रनको फराकिलो जित दर्ता गरेको हो । 

आर्मीले दिएको २६३ रनको लक्ष्य पछ्याएको सुदुर ४०.१ ओभरमा १६५ रनमा समेटियो । आर्मीका लागि तिव्र गतिका बलर जितेन्द्र मुखियाले ५ विकेट लिए । उनले ६.१ ओभर बलिङ गरेर २ मेडन सहित १० रन खर्चिंदै ५ विकेट लिएका हुन् । सोमपाल कामीले २ विकेट लिए भन्द बसिर अहमद, शाहब आलम र कुशल मल्लले समान एक एक विकेट लिए ।    

सुदुरका लागि किरन ठगुन्नाले ७४ बलमा ६ चौका र ३ छक्का सहित सर्वाधिक ६८ रन बनाए । अलराउण्डर शेर मल्लले २४ रन बनाउनु बाहेक अन्य कुनै ब्याटर चल्न सकेनन् ।  

 त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको आर्मी ४८.३ ओभरमा २६२ रनमा समेटियो । आर्मीका लागि कुशल मल्लले सर्वाधिक ७५ रन बनाए । उनी ६७ बलमा १० चौका र ३ छक्का प्रहार गर्दै भोजराज भत्ताको बलमा आउट भएका थिए । 

८८-६ को अवस्थामा क्रिज पुगेका कुशलले सातौं विकेटका लागि बसिर अहमदसंग ११३ रनको साझेदारी गरेका थिए । बसिर ६३ बलमा ३६ रन बनाएर नरेन साउदको बलमा आउट भएका थिए ।

ओपनर इमरान शेखको इनिङ ९ रनको मात्र रहन पुग्यो । उनलाई पाचौं ओभरमा भोजराज भट्टले क्याच आउट गराएका थिए । भिम शार्की पनि २ रन मात्र बनाएर पेभेलियन फर्किए । आइतवार कर्णाली प्रदेश विरुद्ध शतक प्रहार गरेका कप्तान विनोद भण्डारीले आज २ रन मात्र बनाउन सके । भिम र विनोद दुवैलाई भोजराजले नै आउट गरेका थिए । 

त्यसपछि आउट हुने ओपनर सन्तोष कार्की थिए । २८ बलमा ५ चौकाको मद्दतमा ३० रन बनाएर उनी १०औ ओभरमा बिकास आग्रीको शिकार बने । विवेक यादव पनि ४ रन मात्र बनाएर नरेन साउदको बलमा बोल्ड आउट भए ।  मध्यक्रमका ब्याटर सन्दिप रजालीले ३७ रन बनाएर नरेनको बलमा आउट भए । उनले ४ चौका र १ छक्का प्रहार गरे ।     

शाहब आलमले २५ बलमा २१ रन बनाएर भोजराजकै बलमा क्याच आउट भए । सोमपाल कामी पनि ३४ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३१ रन बनाएर उनकै बलमा आउट भए ।

सुदुरका लागि भोजराज भट्ट एक्लैले ६ विकेट लिए । उनले ९.३ ओभरमा १ मेडन सहित ६३ रन दिँदै ६ विकेट लिएका हुन् । यस्तै नरेन साउदले ९ ओभरमा ३६ रन दिँदै ३ विकेट लिए । अर्को एक विकेट बिकाश आग्रीले लिएका थिए ।   

आर्मी ८ खेलमा ६ जित सहित १२ अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । आर्मीको अन्तिम खेल बिहिवार गण्डकी प्रदेश विरुद्ध रहनेछ । सो खेलमा जित हासिल गरेमा आर्मीले पुलिस विरुद्ध फाइनल खेल्ने छ । पुलिस ७ खेलमा सतप्रतिसत नतिजा सहित फाइनल प्रवेश गरिसकेको छ ।    

सुदुरपश्चिम भने ७ खेलमा ४ जित सहित ८ अंक बटुल्दै पाचौं स्थानमा छ । सुदुरको पनि फाइनल सम्भावना कायम नै रहेको छ । तर सुदुर अन्य खेलका नतिजामा निर्भर रहने छ ।  

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.