default_image

6 months ago

January 31, 2024

नेपालले टस जित्यो

4768 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले बंगलादेशविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।

कप्तान देव खनालले टोलीमा २ परिवर्तन गरेका छन् । तिलकराज भण्डारी र दीपक डुम्रेको स्थानमा आज अलराउन्डर विशाल विक्रम केसी र तीव्र गतिका बलर दुर्गेश गुप्ता टोलीमा आएका छन् । विशाल प्रतियोगितामा पहिलो पटक खेलिरहेका छन् ।

नेपालको प्लेइङ ११ :

अर्जुन कुमाल, विपिन रावल, आकाश त्रिपाठी, देव खनाल (कप्तान), विशाल विक्रम केसी, गुलशन झा, दिपक बोहोरा, दीपेश कंडेल, सुभाष भण्डारी, आकाश चन्द, दुर्गेश गुप्ता

बंगलादेशले समूह चरणमा आयरल्याण्ड र अमेरिकालाई हराउँदा भारतसँग भने हार बेहोरेको थियो । यसपछि सुपर सिक्सको खेलमा पाकिस्तानसँग खेल्न बाँकी छ । यस्तो अवस्थामा दुवै खेल जिते रनरेटको आधारमा बंगलादेश अघि बढ्ने सम्भावना रहन्छ ।

नेपालले भने सुरुवाती दुई खेलमा न्युजिल्यान्ड र पाकिस्तानसँग हार बेहोरेको थियो । त्यसपछि अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै नेपाल सुपर सिक्समा स्थान बनाउन सफल भएको थियो ।

नेपालले यसअघि विश्वकपमा बंगलादेशसँग दुई पटक खेलेको छ । सन् २००२ मा २३ रनको जित दर्ता गरेको नेपालले सन् २०१६ को संस्करणमा भने हार बेहोरेको थियो ।

सेमिफाइनल समीकरणबाट बाहिरिएको नेपाल

नेपाल सुपर सिक्समा खेल्नुअघि नै सेमिफाइनल पुग्ने दौडबाट बाहिरिएको छ । दक्षिण अफ्रिकामा जारी प्रतियोगिताको सुपर सिक्स अन्तर्गत मंगलबार भएको खेलमा भारत र पाकिस्तानले आ-आफ्नो खेलमा जित दर्ता गरेसँगै नेपाल बाहिरिने पक्का भएको हो । नेपालले सुपर सिक्समा २ खेल खेल्ने तालिका रहेको छ । तर अंकविहिन रहेको नेपालले दुवै खेल जितेपनि ४ पुग्दा भारत र पाकिस्तानको ६-६ अंक हुँदा नेपाल अब सुपर सिक्स खेलेर घर फर्कने भएको हो ।

सुपर सिक्सको समूह १ बाट भारत र पाकिस्तान अघि बढ्ने सम्भावना बलियो रहेको छ । भारतले सुपर सिक्सको खेलमा न्युजिल्यान्डलाई २ सय १४ रनले हराएको हो । यस्तै पाकिस्तानले आयरल्यान्डविरुद्ध ३ विकेटको जित निकाल्यो ।

सुपर सिक्समा पुगेको टोलीको एक अर्काको नतिजा मात्र अघि बढ्दा अंक जोडिने थियो । यसकारण नेपालले समूह चरणमा अफगानिस्तानविरुद्ध हासिल गरेको जित सुपर सिक्समा गणना भएन । न्युजिल्यान्ड र पाकिस्तानविरुद्ध हारको रनरेट भने गणना भएको छ ।

अब नेपालले बुधबार दिउँसो १:४५ बजे बंगलादेशको सामना गर्नेछ । यस्तै शुक्रबार नेपाल र भारतबीच खेल हुनेछ । उक्त खेल भारतको लागि शीर्षस्थानमा रहने वा छनोट हुनेको लागि महत्त्वपूर्ण हुन्छ ।

सुपर सिक्सको एक समूहबाट शीर्ष २ टोली मात्र सेमिफाइनलमा पुग्छन् । नेपाल रहेको समूह १ मा भारत र पाकिस्तानको ३ खेलमा ६-६ अंक छ । बंगलादेशको २ खेलमा २ र न्युजिल्यान्डको ३ खेलमा २ अंक छ । नेपालले २ र आयरल्याण्डले ३ खेल खेल्दै अंक जोडेका छैनन् ।

दोस्रो समूहमा अष्ट्रेलियाको २ खेलमा ४ अंक छ । श्रीलंका, वेस्टइन्डिज, दक्षिण अफ्रीका र इंग्ल्यान्डको २ खेलमा समान २-२ अंक छ । जिम्बाब्वेको भने २ खेलमा कुनै अंक छैन ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.