12 months ago
February 2, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी यू-१९ विश्वकप अन्तर्गत नेपाल र भारत बीचको जारी खेलमा नेपालले मध्यम सुरुवात गरेको छ । ब्लोमफोन्टेनमा जारी खेलमा नेपालले २० ओभरको समाप्तीमा भारतको ३ विकेट लिँदै ९७ रन दिएको छ ।
नेपालका लागि आकाश चन्द र गुलशन झाले १-१ विकेट लिँदा एक विकेट रनआउट रहेको थियो ।
भारतका सुरुवाती ब्याटर आदर्श सिंह १८ बलमा २१ रन प्रहार गर्दै गुलशनको बलमा पाँचौं ओभरमा विकेटकिपर उत्तम मगरको हातबाट क्याच आउट भएका थिए ।
यस्तै त्यसपछि आउट हुनेमा तेस्रो नम्बरमा आएका प्रियंशु मोलिया थिए । उनी १४औं ओभरमा १९ रन बनाएर रनआउट भएका थिए ।
सोही ओभरमा आकाशले अर्का ओपनर अर्शिन कुलकर्नीलागि १८ रनमा आउट गरे । सो विकेटमा पनि उत्तमले क्याच आउट गराएका थिए ।
नेपालका लागि गुलशनले ५ ओभरमा २३ रन खर्चेर १ विकेट लिएका छन् । यस्तै आकाशके ५ ओभरमा २७ रन दिएर १ विकेट नै लिएका छन् ।
दुर्गेश गुप्ताले ५ ओभरमा २ मेडन सहित २६ रन दिंदा दिपेश कँडेलले ४ ओभर बलिङ गरेर १६ रन दिएका छन् । सुबाश भण्डारीले १ ओभर मात्र गरेर ५ रन दिएका छन् ।
January 13, 2025
काठमाडौं (हाम्रो खेलकुद) – महिला यु १९ महिला टि ट्वान्टी विश्व कप खेल्ने तयारीमा रहेका दुई टोलीबिको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ रनले पराजित भएको छ। मलेसिया स्थित कोलेज ट्रएन्कु जाफार मैदानमा सोमवार १ सय १० रनको लक्ष्य पछ्याएको नेपालले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय रन मात्र बनाउन सक्यो। सिमाना केसीले […]
January 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- महिला यु १९ टि ट्वान्टी विश्व कपका सहभागी टोलीबिचको अभ्यास खेलमा नेपालले वेस्ट इन्डिजबाट जितका लागि १ सय १० रनको लक्ष्य पाएको छ। मलेसियास्थित कोलेज टुएन्कु जाफर मैदानमा टस जितेर ब्याटिङ गरेकाे वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९ रन बनाएको हाे। वेस्ट इन्डिजकी कप्तान समरा रमनाथले सर्वाधिक […]
January 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डरद्वय कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय लिग(आईएल) टि ट्वान्टीको पहिलो खेलमा मौका पाएनन् । दुवै टोलीको आइतवार पहिलो खेल थियो । दीपेन्द्र र कुशलले प्लेईङ-११ मा मौका पाएनन् । कुशल आबद्ध डेजर्ट भाईपर्सले अबुधावी नाइट राइडर्सलाई पराजित गरेको थियो । डेजर्टले नाइटराईडर्सलाई ७ विकेटले पराजित गरेको थियो […]