default_image

6 months ago

February 3, 2024

नेपाल पुलिस क्लबलाई प्रधानमन्त्री कपको उपाधि 

2681 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप पुरुष क्रिकेट २०८० को उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । प्रतियोगिता अवधिभर अपराजित रही उपाधि जित्ने क्रममा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब माथि ६ विकेटको सहज जित हात पारेको हो ।

पुलिसको यो तेस्रो उपाधि हो । पुलिसले २०१७ मा आर्मी संग संयुक्त रुपमा उपाधि उचालेको थियो भने २०१९ मा दोस्रो उपाधि उचालेको थियो । 

आर्मीले दिएको १८२ रनको सामान्य लक्ष्य पुलिसले ३५.५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । पुलिसका लागि शंकर रानाले ४३ बलमा ६२ रनको अविजित अर्धशतकीय इनिङ खेले । यस्तै अर्को तर्फ आरिफ शेख ५४ बलमा २७ रन बनाएर नटआउट रहे ।

अर्जुन साउदले ५८ बलमा ४ चौका सहित ३६ रन बनाए । अमित श्रेष्ठले ५१ बलमा २८ रन बनाए । ओपनरद्वय कुशल भुर्तेलले १४ र दिलिप नाथले ७ रन बनाए ।   

आर्मीका लागि जितेन्द्र मुखिया, कुशल मल्ल, शाहब आलम र बसिर अहमदले समान एक-एक विकेट लिए । 

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मी ४९.५ ओभरमा १८१ रनमा समेटियो । 

आर्मीका लागि बिबेक यादवले ८१ बलमा ७ चौका र १ छक्का सहित सर्वाधिक ६३ रनको अर्धशतकीय इनिङ खेले । उनी अन्तिम ओभरको पाचौ बलमा रन आउट भएका थिए । जितेन्द्र मुखिया २ रनमा अविजित रहे । अन्तिम विकेटका लागि यी दुई ब्याटरले ४२ रनको साझेदारी गरेका थिए ।     

आर्मीले सुरुवातबाट नै पुलिसको स्पिन अट्याक विरुद्ध संघर्ष गर्नु पर्यो । ओपनर सन्तोष कार्कीलाई चौथो ओभरको आफ्नो स्पेलको पहिलो बलमा ललित राजबंशीले ६ रनमा रहेको अवस्थामा बोल्ड आउट गरे । भिम शार्की पनि ललितकै बलमा छैठौ ओभरको पहिलो बलमा ५ रनमा आउट भए ।

सोहि ओभरको अन्तिम बलमा सन्दिप रजालीलाई ललितले शुन्यमा बोल्ड गरे । राम्रो लयमा रहेका कप्तान बिनोद भण्डारी २ रनमा करन केसीको बलमा करन द्वारा नै क्याच हुन पुगे ।

राम्रो सुरुवात गरेका कुशल मल्ल सागर ढकालको बलमा २०औ ओभरमा ३२ बलमा १७ रन बनाएर पेभेलियन फर्किए । बसिर अहमदलाई २१औ ओभरमा दिपेन्द्र सिंह ऐरीले १ रनमा आफ्नो शिकार बनाए ।

त्यसपछि आउट हुने ओपनर इमरान शेख थिए । अर्को तर्फ लगातार विकेट झरिरहँदा क्रिजमा डटेर रहेका उनी ६६ बलमा २८ रन बनाउँदै २५औ ओभरमा दिपेन्द्रकै बलमा क्याच आउट भए । 

आठौ विकेटका लागि बिबेक यादव र सोमपाल कामी मिलेर ५९ रनको अर्धशतकीय साझेदारी गरे । सो साझेदारी सोमपाल ३९औ ओभरमा कुशल भुर्तेलको बलमा ५८ बल खेल्दै ३९ रन बनाएर आउट भएपछि तोडिएको थियो । त्यसपछि आएका शाहब आलम २ रन बनाएर दिपेन्द्रको बलमा आउट भए ।    

पुलिसका लागि ललित राजबंशी र दिपेन्द्र सिंह ऐरीले समान ३-३ विकेट लिए । ललितले १० ओभरमा २ मेडन सहित २१ रन खर्चिए । दिपेन्द्रले ९ ओभरमा ३१ रन दिए । यस्तै सागर ढकालले १० ओभरमा २३ रन मात्र दिएर १ विकेट लिए । करन केसीले १० ओभरमा ६५ रन खर्चेर १ विकेट नै लिए ।

कुशल भुर्तेलले पनि ३ ओभर बलिङ गरेर १२ रन खर्चिंदै १ विकेट लिन सफल भए । रशिद खान ७.५ ओभरमा २४ रन दिँदै विकेटविहिन रहे ।      

पुलिस लिग चरणको सबै खेलमा जित निकाल्दै पहिलो स्थानमा रहेर फाइनल प्रवेश गरेको थियो । आर्मीले भने ९ खेलमा ७ जितसहित दोस्रो स्थानमा रहँदै पुलिस विरुद्धको उपाधि भिडन्त पक्का गरेको थियो ।  

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.