default_image

6 months ago

February 3, 2024

सुर्य तामाङ प्रधानमन्त्री कपको उत्कृष्ट खेलाडी 

5774 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – बागमती प्रदेशका खेलाडी सुर्य तामाङ प्रधानमन्त्री कप पुरुष क्रिकेट २०८० को उत्कृष्ट खेलाडी घोषित भएका छन् । 

प्रतियोगिताको समापन पश्चात सुर्यलाई उत्कृष्ट खेलाडीको रुपमा घोषणा गरिएको हो । उत्कृष्ट खेलाडीको उपाधि संगै उनले एकथान मोटरसाइकल प्राप्त गरे । 

सुर्यले ९ खेल खेल्दै ३० विकेट लिन सफल भएका थिए । बागमती प्रदेश लिग चरणमा तेस्रो स्थान हासिल गर्दै एलिट कपका लागि छनोट भएको थियो । उत्कृष्ट खेलाडीको उपाधि सँगै सुर्य प्रतियोगिताको उत्कृष्ट बलर समेत घोषित भएका थिए ।

प्रतियोगिताका उत्कृष्ट ब्याटर मदेश प्रदेशका अनिल शाह चुनिए । उनले ९ खेलमा १ शतक र २ अर्धशतक सहित ३८६ रन बनाएका थिए ।

बागमती प्रदेशकै आशुतोष घिराइया उदयमान खेलाडी चुनिए । उनले ९ खेलमा २ अर्धशतक र १ शतक सहित ३८२ रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा दोस्रो स्थान हासिल गरेका थिए । 

प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको थियो । प्रतियोगिता अवधिभर अपराजित रही उपाधि जित्ने क्रममा पुलिसले आज अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब माथि ६ विकेटको सहज जित हात पारेको हो ।

पुलिसको यो तेस्रो उपाधि हो । पुलिसले २०१७ मा आर्मी संग संयुक्त रुपमा उपाधि उचालेको थियो भने २०१९ मा दोस्रो उपाधि उचालेको थियो । 

आर्मीले दिएको १८२ रनको सामान्य लक्ष्य पुलिसले ३५.५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । पुलिसका लागि शंकर रानाले ४३ बलमा ६२ रनको अविजित अर्धशतकीय इनिङ खेले । यस्तै अर्को तर्फ आरिफ शेख ५४ बलमा २७ रन बनाएर नटआउट रहे ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.