default_image

6 months ago

February 4, 2024

चितवनमा अम्पायर तथा स्कोरर प्रशिक्षण सुरु

79 views

0 Bookmark

राकेश तिमल्सिना, चितवन

भरतपुर महानगरपालिकासँगको सहकार्यमा चितवन जिल्ला क्रिकेट संघले आयोजना गरेको ‘ओ लेभल अम्पायर तथा स्कोरर ट्रेनिङ्ग २०८०’ आज (आइतबार) सुरु भएको छ । भरतपुर १५, रामपुरस्थित निर्माणाधिन गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला परिसरमा सुरु भएको प्रशिक्षण २३ गतेसम्म संचालन हुनेछ ।

नेपालका अन्र्तराष्ट्रियस्तरका अम्पायरद्वय विनयकुमार झा र मोहम्मद सफिकद्वारा दिइएको प्रशिक्षणमा करिब ३० जना प्रशिक्षार्थीको सहभागीता रहेको जिल्ला क्रिकेट संघले जनाएको छ । कार्यक्रमको उद्घाटन समारोहमा मन्तव्य राख्दै प्रमुख अतिथि चितवन जिल्ला क्रिकेट संघका सल्लाहकार तथा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ्ग सेन्टर प्रा.लि.का प्रिन्सिपल वाइबी पौडेलले क्रिकेट विकासमा यस्ता तालिमहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।\

उनले नयाँ कार्यसमिति निर्वाचित भएको छोटो समयमा नै जिल्लामा पहिलोपटक यस तालिम आयोजना हुनु स्वागतयोग्य काम भएको बताए । संघका अध्यक्ष सुदिप पियाले तालिमबाट उत्पादित क्रिकेट प्राविधिक (अम्पायर तथा स्कोरर) हरुले चितवन जिल्लासँगै छिमेकी जिल्लाहरुको समेत क्रिकेट क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको बताए ।

तालिमबाट उत्पादित अम्पायर तथा स्कोररहरुलाई संघले आयोजना गर्ने हरेक प्रतियोगितामा उच्च प्राथमिकताका साथ उपयोग गरिने उनले बताए ।

पहिलो दिन मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) ले बनाएका ४२ वटा नियमहरुमध्ये १७ वटा नियमका बारेमा कक्षा संचालन भएको अम्पायर प्रशिक्षक विनयकुमार झाले बताए । सहभागीहरुको जिज्ञासाले आफुहरुलाई निकै उत्साहित बनाएको र तालिमका प्रशिक्षार्थीहरुलाई प्रदेशस्तरको प्रतियोगितासम्म अम्पायरिङ्ग तथा स्कोरिङ्ग गर्न सक्षम हुने जनशक्ती उत्पादन गर्ने लक्ष्य लिएको उनले बताए ।

पछिल्लो समय चितवन जिल्लामा क्रिकेटका प्रतियोगिताहरुको संख्या बाक्लिदै गएका छन् । माघ २६ गतेबाट नमुना मैदानमा भरतपुर मेयर्स कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिता हुदैछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.