default_image

9 months ago

February 5, 2024

नेपालले लगातार दुई टि२०आई सिरिज पनि खेल्ने

10147 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप २०२४ का लागि छनोट भएको नेपालले प्रतियोगिताको तयारीका लागि लगातार दुई टि२० आई सिरिज खेल्ने पक्का भएको छ ।

नेपालले क्यानडासँग यसै साता एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ । फेब्रुअरी ८ देखि १२ सम्म तीन खेलको ओडीआई सिरिज खेले लगत्तै आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्नेछ । टियु मैदानमै हुने उक्त सिरिजमा नेदरल्यान्ड्स र नामिबिया पनि खेल्दैछन् । सिरिज फेब्रुअरी १५ देखि २५ सम्म चल्नेछ ।

उक्त सिरिज सकिएलगत्तै टियु मैदानमै नेपालले ३ राष्ट्र सम्मिलित टि२० आई सिरिज खेल्नेछ । उक्त प्रतियोगितामा नामिबिया र नेदरल्यान्ड्स नै खेल्नेछन् ।

उक्त सिरिज सकिएलगत्तै नेपाली टोली हङकङ जानेछ । त्यहाँ भने नेपालसहित ४ राष्ट्रले क्वाड्राङ्गुलर सिरिज खेल्नेछन् । उक्त सिरिजमा नेपाल र आयोजक हङकङसँगै पपुवा न्यु गिनी र ओमान रहनेछन् । ओमान पनि विश्वकपको तयारीमा रहेको छ ।

टि२०आई सिरिजका लागि भने हालसम्म टोली घोषणा भएको छैन । क्यान स्रोतका अनुसार २-३ दिन भित्र नै टि२०आई टोलीको पनि घोषणा हुनेछ ।

क्यानडाविरुद्ध हुने ओडीआई र लिग-२ को लागि टोली यसप्रकार छ

October 23, 2024

विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – युएईमा आयोजना हुने महिला यु १९ टि ट्वान्टी विश्वकपको एसिया छनोटको लागि नेपाली युवा टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार पुजा महतोको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । क्यानले एसिया छनोटका लागि भदौ २६ गते २९ सदस्यीय खेलाडीलाई प्रशिक्षणमा डाकेको थियो । छनोट प्रतियोगिता कात्तिक […]

October 23, 2024

जिम्बाब्वेले तोड्यो नेपालको कीर्तिमान

काठमाडौं(हाम्रो खेलकुद) – जिम्बाब्वेले टि ट्वान्टी आईमा सवार्धिक रन बनाउँदै नेपालको कीर्तिमान तोडेको छ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप अफ्रिका उप क्षेत्रिय छनोटमा गाम्बियाविरुद्ध ३ सय ४४ रनको योगफल तयार गर्दै नेपालको कीर्तिमान तोडेको हो । नेपालले यसअघि टि ट्वान्टी आईमा एकै इनिङमा ३ सय १४ रन बनाउदै सर्वाधिक योगफलको कीर्तिमान बनाएको थियो । […]

October 23, 2024

कुशलको ब्याटिङ वरियतामा सुधार

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलको टि ट्वान्टी आईको ब्याटिङ वरियतामा व्यापक सुधार आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको नयाँ वरियतामा कुशलको स्थानमा ३१ स्थानमाथि उक्लेका छन् । नयाँ वरियतामा कुशल ९९ औं स्थानमा छन् । सोमवार अमेरिकासँगको ३ वटा टि ट्वान्टी आई सिरिज नेपालले क्लिन स्विप […]

Success

Thank you for your time.