2 years ago
February 4, 2024
काठमाडौं (हाम्रो खेलकुद) – यसै साता क्यानडाविरुद्ध हुने एकदिवसीय सिरिज र अर्को साता सुरु हुने आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा भएको छ ।
प्रशिक्षक मोन्टि देशाइले कप्तान रोहित पौडेलको नेतृत्वमा दुई फरक टोली घोषणा गरेका छन् । क्यानडाविरुद्ध सिरिजमा युवा खेलाडी र नयाँ अनुहारले अवसर पाउँदा लिग-२ को लागि बलियो टोलीको घोषणा भएको छ । दुवै खेलका लागि १५ सदस्यीय टोली सार्वजनिक गरिएको छ ।
नेपालले क्यानडासँग फेब्रुअरी ८, १० र १२ मा तीन खेलको सिरिज खेल्दैछ । त्यस्तै फेब्रुअरी १५ देखि २४ सम्म नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच लिग-२ को पहिलो त्रिकोणात्मक सिरिज हुनेछ ।
क्यानडा सिरिजका लागि नेपाल यू-१९ कप्तान देव खनालसहित तीव्र गतिका आकाश चन्द र विश्वकप गुमाएका हेमन्त धामी टोलीमा रहेका छन् । त्यस्तै बागमती प्रदेशका बायाँ हाते बलर रिजन ढकाल पनि टोलीमा छन् । पवन सर्राफ र अनिल शाहले टोलीमा पुनरागमन गरेका छन् ।
क्यानडा सिरिजमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी, करण केसी, गुलशन झा लगायतलाई विश्राम दिइएको छ । त्यस्तै त्रिकोणात्मक सिरिजका लागि भने रिजन ढकाल टोलीमा कायम छन् । अर्जुन साउद १५ सदस्यीय टोलीमा दोस्रो विकेटकिपरको रुपमा रहँदा अनिल वैकल्पिकमा छन् । प्रतिस जिसी, देव खनाल र विवेक यादव पनि वैकल्पिक सूचीमा नै छन् ।
क्यानडा सिरिज : रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द, अनिल शाह
लिग-२ त्रिकोणात्मक सिरिज : रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अर्जुन साउद, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ, रिजन ढकाल
वैकल्पिक : प्रतिस जिसी, देव खनाल, अनिल शाह, विवेक यादव

December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]