2 years ago
February 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा फेब्रुअरी दोस्रो साता हुने एसीसी महिला प्रिमियर कपका लागि नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीको अन्तिम १४ सदस्यीय टोली घोषणा भएको छ ।
मुख्य प्रशिक्षक मनोज कटवालले १० देखि १८ फेब्रुअरीसम्म हुने प्रतियोगिताका लागि दोस्रो चरणबाट ४ खेलाडी बाहिर राख्दै अन्तिम टोली सार्वजनिक गरेका हुन् ।
टोलीमा तीव्र गतिकी बलर कविता कुँवरले चोटबाट पुनरागमन गर्दा डली भट्ट, कविता जोशी र अप्सरी बेगम पनि राष्ट्रिय टोलीमा फर्किएका छन् । कविता एपेन्डिक्सको शल्यक्रिया गर्दा पछिल्लो समय बाहिर थिइन् । डली स्वदेश फर्केपछि प्रशिक्षणमा पर्दा कविता र अप्सरी यसअघि छनोटबाहिर रहेका थिए ।
नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो चरणमा रहेका लक्ष्मी साउद, यशोदा विष्ट, खुसी डंगोल र सबनम राईलाई बाहिर राखेको हो । टोलीको सहायक प्रशिक्षकमा जानकी भट्ट, व्यवस्थापकमा अम्विका बुढाथोकी र फिजियोमा कमला श्रेष्ठ छन् ।
प्रतियोगितामा नेपाल, थाईल्यान्ड, युएई, इन्डोनएसिया, हङकङ, चीन, म्यानमार, भुटान, बहराइन, ओमान, कुवेत, सिंगापुर, जापान, कतार र माल्दिभ्स छन् ।
फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा हुने महिला टि२० एसिया कप खेल्न पाउनेछन् । उक्त एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र छनोटबाट आउने दुई टोली हुनेछन् ।
१४ सदस्यीय टोली :
इन्दु बर्मा (कप्तान), विन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, काजोल श्रेष्ठ, संगिता राई, अप्सरी बेगम, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, डली भट्ट, अश्मिना कर्माचार्य, रोमा थापा, पुजा महतो
पहिलो चरणमा बाहिरिएका : सोनी पाख्रिन, आरती महतो, ममता चौधरी, सोमु विष्ट, ज्योत्स्निका मरासिनी र लक्ष्मी चौधरी
दोस्रो चरणमा बाहिरिएका : यशोदा विष्ट, खुशी डंगोल, सबनम राई, लक्ष्मी साउद
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]