default_image

6 months ago

February 7, 2024

नेपालमा खेल्न उत्साहित क्यानडा

1647 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

आइसीसी क्रिकेट विश्वकप लिग-२ को सुरुवाती दुई चरणको खेल तालिका सार्वजनिक हुँदा क्यानडाका कप्तान साद बिन जफरले आफू निराश भएको बताए । एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता फिर्ता पाएपछि क्यानडाले लिग-२ अन्तर्गत नेपालसँगै ८ टोलीसँग सिरिज खेल्नेछ । तर नेपाल आउने तालिका नहुँदा उनी दुखि थिए ।

नेपाल र क्यानडाबीच लिग-२ अघि नै द्विपक्षीय सिरिज हुने पक्का भएपछि भने आफू खुसी भएको उनले बताए । सिरिजको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कप्तान जफरले नेपालको खेल टिभीमा नियमित हेर्ने गरेको र यहाँ खेल्न निकै उत्साहित रहेको अनुभव साटे ।

‘हामीले नेपालले खेलेको खेल हेरिरहेका हुन्छौं । सधैं दर्शकको बाक्लो उपस्थिति देख्दा यो वातावरणमा खेल्दा कस्तो अनुभव होला भन्ने हुन्थ्यो । जब लिग-२ को तालिका आयो, नेपालमा हाम्रो खेल नदेख्दा दुखि थिएँ । तर दुई बोर्डको छलफलपछि यो सिरिज खेल्न पाउँदा निकै खुसी छु ।’

‘हामी भर्खर ओडीआई सर्कलमा फर्केका छौं । हामी अबको ३ वर्षको तयारी नेपालमा आएर सुरु गर्न पाउँदा उत्साहित छु । नेपालभन्दा राम्रो अवसर सायदै थियो । मलाई लाग्छ हामीले प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेर राम्रो क्रिकेट देखाउनेछौं ।’

क्यानडाले यसै साता हङकङ र मलेसियासँग त्रिकोणात्मक सिरीज खेलेर आएको थियो । हङकङमा भएको सिरिजमा मलेसियासँग फाइनलमा पराजित भएपनि कप्तान जफरले त्यस नतिजा प्रयोगको रुपमा लिएको बताए ।

‘हामीले हङकङ सिरिजमा प्रयोग गरेका थियौं । हाम्रो लागि त्यो तयारी क्याम्प मात्र थियो । ६ नयाँ खेलाडीलाई अवसर दिएका थियौं । समग्रमा हङकङ सिरिज हाम्रो लागि राम्रो भयो ।’

कप्तान जफरले नेपाल टुरका लागि टोलीमा केहि चोटको समस्या रहेपनि बिस्तारै खेलाडी फर्कने बताए । बायाँ हाते बलर कलिम साना चोटबाट संघर्ष गरिरहेका छन् । तर नेपाल आएका खेलाडी उपलब्ध मध्यका उत्कृष्ट रहेको उनले बताए ।

प्रशिक्षक पुबुदु दासानायके नेपालको पछिल्लो लिग-२ यात्रामा टोलीको प्रशिक्षक थिए । झन्डै ७ महिने नेपालको बसाई उनको लागि भने यादगार रहेन । कठिन समयमा प्रशिक्षक बनेका उनले त्यसपछि परिवारसँग समय बिताउने कारण देखाउँदै क्यानडा फर्केका थिए ।

पुबुदु क्यानडा टोलीलाई नेपाल लिएर आउँदा उत्साहित देखिए । ‘हामीलाई निमन्त्रणा गरेकोमा क्यानलाई धन्यवाद दिन चाहन्छु । हामी दशकअघि विश्व वरीयतामा १२ औं स्थानमा थियौं । बिचमा राम्रो समय रहेन तर अब ओडीआईमा फर्किएका छौं ।’

‘हाम्रो लिग-२ को पहिलो सिरिज यूएईमा छ । त्यसका लागि नेपाल हाम्रो लागि तयारी गर्न सबैभन्दा राम्रो ठाउँ हो । मलाई नेपालको समर्थक र वातावरणबारे राम्रो जानकारी छ ।’

‘आशा छ नेपालले पनि छिट्टै क्यानडा भ्रमण गर्नेछ । हामी नेपालसँग लिग-२ बाहिर पनि सिरिज खेल्न चाहन्छौं । यसले दुवै टोलीलाई फाइदा पुग्नेछ ।’

पुबुदुले नेपाल फर्कंदा आफ्नो लागि सधैं विशेष रहने बताए । ‘नेपाल फर्कनु सधैं विशेष हुन्छ । जस्तो अवस्था भएपनि नेपालको खेल हेर्दा आनन्द हुन्छ । मैले नेपालको गत वर्षको यात्रा पनि पछ्याएको थिएँ । नेपालको प्रगति देख्दा निकै खुसी लाग्छ । सहि ठाउँमा सहि व्यक्ति जस्तो पारस, मोन्टि, विनोद एकसाथ हुँदा राम्रो भएको छ ।’

पुबुदुले नेपाली समर्थकमाझ खेल्नु हरेक टोलीका लागि राम्रो अनुभव रहेको बताउँदै क्यानको निमन्त्रणा पाउँदा निकै उत्साहित भएको अनुभव साटे ।

भिडियो हेर्नुहोस् :

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.