default_image

2 years ago

February 8, 2024

स्पिनर सूर्यलाई ओडीआई डेब्यु

1331 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते स्पिनर सूर्य तामाङले नेपाली राष्ट्रिय सिनियर क्रिकेट टोलीबाट ओडीआई डेब्यु गर्ने भएका छन् ।

क्यानडाविरुद्ध एकदिवसीय सिरिजको पहिलो खेलमा उनले डेब्यु गर्दैछन् । सूर्यले पूर्वकप्तान विनोद दासबाट ओडीआई क्याप नम्बर ३८ पाए । उनले जर्सी नम्बर ८ लगाएका छन् ।

सूर्य नेपाली टोलीमा केहि समयदेखि निरन्तर छन् । बायाँ हाते उनले प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गर्दै सर्वोत्कृष्ट खेलाडीको उपाधि पनि हासिल गरे । ९ खेलमा उनले ३० विकेट लिएका थिए । उनी यसक्रममा कुनै खेलमा विकेटविहिन भएनन् । नेपालको लागि उमेर समूहमा पनि उनले प्रभावशाली प्रदर्शन गरेका छन् । सिनियर टोलीमा स्पिनरको स्थान रिक्त भएसँगै उनले अवसर पाएका छन् ।

नेपालको प्लेइङ ११: रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, रिजन ढकाल, सूर्य तामाङ, आसिफ शेख, ललित राजवंशी, सोमपाल कामी

बेन्च : हेमन्त धामी, आकाश चन्द, अनिल शाह, देव खनाल

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.