default_image

6 months ago

February 8, 2024

कुशलको अर्धशतक पूरा

1100 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – नेपालका ओपनर कुशल भुर्तेलले क्यानाडा विरुद्धको एकदिवसिय शृंखला अन्तर्गतको पहिलो खेलमा अर्धशतक प्रहार गरेका छन् । टस जितेर ब्याटिङ गरिरहेको नेपालका लागि कुशलले अर्धशतक पुरा गरेका हुन् ।

कुशलले आक्रामक ब्याटिङ गर्दै ४४ बलमा अर्धशतक पुरा गरेका हुन् । उनले ८ चौका र १ छक्का सहित १४औं ओभरको चौथो बलमा चौका प्रहार गर्दै अर्धशतक पूरा गरे । उनलाई हाल कप्तान रोहित पौडेलले साथ दिइरहेका छन् । रोहित १४ बलमा ८ रन बनाएर खेलिरहेका छन् ।

नेपालले मध्यम सुरुवात गर्दै १४ ओभरको समाप्तिमा १ विकेटको क्षतिमा ७१ रन जोडेको छ । 

अर्का ओपनर आसिफ शेख भने २४ बलमा ८ रन बनाएर आउट भए । उनी १०औं ओभरको पहिलो बलमा उदय भगवानको बलिङमा नभ्नित धलिवालको हात बाट थर्ड म्यानमा क्याच आउट भए ।  

टस जितेर कप्तान रोहित पौडेलले पहिलो ब्याटिङ रोजेका हुन् । नेपालले आजको खेलमा २ खेलाडीलाई डेब्यु दिएको छ ।

बागमती प्रदेशका रिजन ढकाल र सूर्य तामाङले डेब्यु गर्दैछन् । पवन सर्राफले सिनियर टोलीमा पुनरागमन गर्दै प्लेइङ-११ मा स्थान बनाएका छन् । 

नेपालको प्लेइङ ११: रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, रिजन ढकाल, सूर्य तामाङ, आसिफ शेख, ललित राजवंशी, सोमपाल कामी

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.