default_image

6 months ago

February 8, 2024

नाइजेरिया र आइभोरी कोस्ट एफ्कनको फाइनलमा 

570 views

0 Bookmark

एजेन्सी – आयोजक आइभोरी कोस्ट र नाइजेरिया जारी अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेका छन् । गएराती सम्पन्न सेमिफाइनल खेलहरुमा जित निकाल्दै यी दुई राष्ट्रले उपाधि भिडन्त पक्का गरेका हुन् ।

पहिलो सेमिफाइनलमा नाइजेरियाले दश जनामा सिमित दक्षिण अफ्रिका माथि टाईब्रेकरमा  ४-२ को जित निकाल्दै फाइनल प्रवेश गरेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त समय १-१ को बराबरीमा सकिएको थियो ।

खेलको ६७औ मिनेटमा कप्तान विलिअम ट्रस्ट-एकोङ्गले पेनाल्टी मार्फत गरेको गोलको मद्दतले खेलमा अग्रता लिएको थियो । ९०औ मिनेटमा दक्षिण अफ्रिकाले पनि नाटकीय रुपमा पेनाल्टी मार्फत नै बराबरी गोल गर्दै खेल अतिरिक्त समयमा धकेलेको थियो ।

अर्कोतर्फा भिक्टर ओशिमेनले नाइजेरियाका लागि दोस्रो गोल गर्दै जित लगभग सुनिस्चित गरेका थिए । तर गोल हुनु अघि अर्को तर्फ पेनाल्टी बक्समा फाउल भएका कारण गोल रद्द गर्दै रेफ्रीले दक्षिण अफ्रिकालाई पेनाल्टी प्रदान गरेका थिए । सो पेनाल्टीमा तेबोहो मोकोएनाले कुनै गल्ति गरेनन् र खेल अतिरिक्त समयमा धकेले ।

शुटआउटमा दक्षिण अफ्रिकाका मोकोएना र एभिडेन्स माक्गोपाले पेनाल्टीमा गोल गर्न सकेनन । उता नाइजेरियाका ओला आइनाले पेनाल्टी पोस्ट भन्दा माथि प्रहार गरेका थिए । तर अन्य सबै पेनाल्टीमा सफल हुँदै नाइजेरिया ४-२ ले विजयी भयो ।

यस्तै दोस्रो सेमिफाइनलमा आयोजक आइभोरी कोस्टले प्रजातान्त्रिक गणतन्त्र कंगो माथि १-० को जित निकाल्यो । खेलको एकमात्र गोल सेबास्टियन हालेरले ६५औ मिनेटमा गरेका थिए ।

दक्षिण अफ्रीका र कंगो तेस्रो स्थानमा लागि आइतवार बिहान १:४५ बजे भिड्ने छन् । सोमबार बिहान नाइजेरिया र आइभोरी कोस्ट उपाधिका लागि सोहि समयमा भिड्ने छन् ।  

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.