default_image

6 months ago

February 9, 2024

सिलान्यासको ९ महिनामै एक्स्ट्राटेक मैदान उद्घाटन हुँदै

1928 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ९ महिनाअघि सिलान्यास भएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको फाल्गुन दोस्रो साता उद्घाटन हुने भएको छ ।

काठमाडौंमा एक कार्यक्रम गर्दै निर्माणकर्ता एक्स्ट्राटेक ओवल प्रालिले निजी क्षेत्रको लगानीमा नेपालमा पहिलो पटक बन्न लागेको मैदानको उद्घाटन विशेष कार्यक्रममाझ गर्ने जानकारी दिएको हो । उद्घाटनका लागि फाल्गुन १४ गते ४ टोलीबीच टि१० प्रतियोगिता हुनेछ ।

मैदानका मालिक विनोद कुँवर र सुदीक्षा गौतमले तिलोत्तमा वडा नम्बर १७ स्थित पूर्व दरखसवामा मैदान निर्माणको सिलान्यास ९ महिनाअघि गरेका थिए । त्यसयता विभिन्न चरणमा निर्माण कार्य भइरहेको र फाल्गुन दोस्रो सातासम्म खेल्न तयार हुने पूर्व क्रिकेटर तथा मैदानका एम्बेसडर शक्ति गौचनले बताए ।

मैदान निर्माणको पहिलो चरणमा मैदान लेभलिङ गर्ने, पिच बनाउने र आउटफिल्डमा घाँस बिछ्याउने काम द्रुत रुपमा अघि बढाइएको थियो । हाललाई प्रतियोगिता आयोजनाको लागि तयार पारिएको मैदानमा अब थप भौतिक पूर्वाधार थप्दै लाग्ने योजना रहेको छ ।

मैदान उद्घाटनका लागि हुने प्रतियोगितामा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको १९९६ को टोली, रुपन्देही लेजेन्ड्स, सन् २०१४ को टि विश्वकप खेलेको टोली र रेस्ट अफ नेपाल गरेर ४ टोलीले सहभागिता जनाउनेछन् । पूर्व कप्तान पारस खड्काले २०१४ टोलीको कप्तानी गर्नेछन् । त्यस्तै अन्य खेलाडीको नामावली चाडैं सार्वजनिक हुनेछ । १९९६ को कप्तानमा एलबी क्षेत्री, रेस्ट अफ नेपालमा कलाम अली तथा रुपन्देही लेजेन्ड्समा हरिबहादुर थापा कप्तान रहने सम्भावना छ ।

क्रिकेटबाट सन्न्यास घोषणा गरेयता क्रिकेट मैदानमा नदेखिएका पारसले आफू सन्न्यासपछि पहिलो पटक मैदानमा उत्रन लागेको बताए । ‘मैले अब सन्न्यासपछि कहिले क्रिकेट खेल्छु भन्ने प्रश्न सबैको हुन्थ्यो, एक्स्ट्राटेकको उद्घाटनमा त्यो अवसर जुरेको छ । त्योभन्दा ठूलो नयाँ मैदान नेपाली क्रिकेटले पाएको छ । एक्स्ट्राटेकले आफ्नै प्रयासमा यो निर्माण गर्नु प्रशंसनीय छ,’ उनले भने ।

यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङले आफ्नो प्रदेशमा बन्न लागेको संरचनाले द्रुत गतिमा काम भएको देख्दा खुसी लागेको बताए । ‘हाम्रो क्षेत्र नेपाली क्रिकेटको उर्वर भूमि हो । पहिलो ब्याचमा पनि हामी ४ खेलाडीले राष्ट्रको प्रतिन्धित्व गरेका थियौं । मैदान निर्माण भएसँगै आउने दिनमा यसले अझ बढावा पाउने मैले विश्वास लिएको छु,’ गुरुङले भने ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.