default_image

2 years ago

February 10, 2024

लगातार जितसँगै नेपाललाई ओडीआई सिरिज

3675 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले एक खेल बाँकी रहँदै क्यानडाविरुद्ध ओडीआई सिरिजको उपाधि जितेको छ ।

शनिबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सम्पन्न दोस्रो खेलमा नेपालले ४ विकेटको जित दर्ता गरेको हो । क्यानडाले प्रस्तुत गरेको २ सय ८६ रनको लक्ष्य नेपालले ४६ औं ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको हो ।

नेपालले ओडीआईमा दोस्रो पटक २ सय ८६ रनको लक्ष्य पछ्याएको हो । यसअघि २०२३ मा नामिबियाविरुद्ध पनि समान लक्ष्य पछ्याएको थियो ।

क्यानडाविरुद्ध लगातार दोस्रो जितसँगै नेपालले तीन खेलको सिरिज २-० ले सिरिज जितेको हो । पहिलो खेलमा विहीबार नेपाल ७ रनले विजयी भएको थियो । अब अन्तिम खेल सोमबार हुनेछ ।

कप्तान रोहित पौडेल, यू१९ कप्तान देव खनाल र ओपनर अनिल शाहले अर्धशतक बनाएपछि नेपाल सहज जिततर्फ अघि बढेको थियो । तर मध्यक्रममा अन्त्यतिर लगातार विकेट गएपछि नेपाल केहि दबाबमा पर्यो ।

रोहितले १ सय १ बलमा ८७ रनको योगदान दिएका थिए । ८ चौका र ४ छक्का जोडेका उनी पाँचौ विकेटको रुपमा आउट भएका थिए । विपक्षी कप्तान साद बिन जफरको बलमा एज लागेपछि उनी कट बिहाइन्ड भएका थिए ।

ओपनर अनिल शाहको आक्रामक सुरुवातपछि कप्तान रोहित र देवले तेस्रो विकेटका लागि कीर्तिमानी १ सय ५० रनको साझेदारी गर्दै इनिङ सम्हालेका थिए । यसअघि कुशल भुर्तेल र रोहितले नामिबियाविरुद्ध २०२३ मा १ सय ३३ रनको साझेदारी गरेका थिए ।

देवले ३४ औं ओभरमा हर्ष ठाकरलाई क्याच फिर्ता दिएपछि साझेदारी तोडिएको थियो । देवले ८१ बलमा ७ चौका र २ छक्कासहित ७६ रनको योगदान दिए । उनले ५६ बलमा अर्धशतक बनाएका थिए ।

देव आउट भएपछि क्रिजमा आएका भीम सार्की २१ बलमा २३ रन जोडेर आउट भए । ४ चौका प्रहार गरेका उनी दिलप्रित बज्वाको बलमा विकेटकिपरबाट समातिए । पवन सर्राफ पनि ८ बलमा २ चौका र १ छक्कासहित १४ रन जोडेर आक्रामक सट खेल्ने क्रममा ठाकरकै बलमा कट बिहाइन्ड भए । सोमपाल कामी र कुशल मल्लले नेपाललाई जितसम्म पुर्याए । दुवै ९-९ रनमा नटआउट रहे ।

त्यसअघि ओपनर अनिल शाहले ओडीआई क्रिकेटमा नेपालका लागि सबैभन्दा तीव्र अर्धशतक प्रहार गरेका थिए । अनिलले १९ बलमा अर्धशतक पूरा गरे । उनले आसिफ शेखले पिएनजीविरुद्ध गत वर्ष २१ बलमा अर्धशतक बनाएको कीर्तिमान तोडेका हुन् ।

अनिल अर्धशतक पूरा गरेको अर्को बलमा आउट भए । उनी इश्वरजोत सोहिको एलबीडब्लु धरापमा परे । २० बलमा ७ चौका र ३ छक्कासहित अनिलले ५० रन जोडेका थिए ।

पाँचौ ओभरको अन्तिम बलमा आसिफ शेख आउट भएका थिए । उनी १६ बलमा १० रन जोड्दै सोहिकै बलमा क्याच आउट भए । पहिलो विकेटका लागि ५५ रनको साझेदारी गरेपछि नेपालले लगातार २ विकेट गुमाएको थियो । त्यसपछि अनिल र रोहितले इनिङ सम्हाल्दै जितको आधार तयार गरे ।

क्यानडाका लागि इश्वरजोत सोहीले २ तथा हर्ष ठाकर, साद बिन जफर र दिलप्रित बज्वाले १-१ विकेट हात पारे ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रन जोड्यो । ओपनर आरोन जोन्सन र नवनित धलिवालले क्यानडाका लागि राम्रो सुरुवात दिलाउँदै सर्वाधिक योगदान पनि दिएका थिए । जोन्सनले ६५ रन जोड्दा नवनित ओडीआईको पहिलो अर्धशतकबाट २ रनले चुके ।

कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले राम्रो सुरुवात गरेपनि नेपालले मध्यक्रममा लगातार विकेट लिँदै खेलमा फर्केको थियो । ओपनर आरोन जोन्सनले अर्धशतक बनाउँदा अर्का ओपनर नवनित धलिवल भने ४६ रनमा आउट भए । पहिलो विकेटका लागि यी दुईले ९४ रन जोडेका थिए । १९ औं ओभरमा आकाश चन्दले धलिवललाई कट बिहाइन्ड गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

त्यसपछि २३ औं ओभरमा जोन्सन रनआउट भए । ६२ बलमा १० चौका र २ छक्कासहित ६५ रनमा खेल्दा उनी सिंगल चोर्ने प्रयासमा भीम सार्कीको थ्रोमा रनआउट भएका थिए । त्यसपछि तेस्रो विकेटका लागि पर्गत सिंह र निकोलस किर्तनले ५३ रनको साझेदारी गरे ।कप्तान रोहितले दुवैलाई आउट गर्दै नेपाललाई खेलमा फर्काए । पर्गत ३८ बलमा ३८ रन जोड्दै सोमपालको हातबाट समातिए । त्यस्तै किर्तन २० रनमा स्टम्पिङ आउट भए ।३५ औं ओभरमा सूर्यले हर्ष ठाकरलाई ३ रनमा कट बिहाइन्ड गराए । सूर्यको ओडीआई करिअरमा यो पहिलो विकेट समेत हो । उनले विहीबार भएको पहिलो खेलमा डेब्यु गरेका थिए ।३९ औं ओभरमा कुशल मल्लले दिलप्रित बज्वालाई बोल्ड गर्दै क्यानडालाई २१२-६ को स्थितिमा पुर्याए । दिलप्रितले २ चौका र १ छक्कासहित १९ रन जोडे । ४१ औं ओभरमा कप्तान साद बिन जफर कुशलकै बलमा क्याच आउट भए ।

पवन सर्राफले ४५ औं ओभरमा शाहिद अहमदजाइलाई १३ रनमा बोल्ड गरे । नवौं विकेटका लागि श्रेयस मोभा र उदय भगवानले रनको ४६ रनको साझेदारी गरे । मोभाले अन्तिम बलमा क्याच आउट हुनुअघि ४० रन बनाए । भगवान २० रनमा नटआउट रहे ।

नेपालका लागि रोहित पौडेल र कुशल मल्लले २-२ विकेट लिए । सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफको नाममा १-१ विकेट रह्यो ।

नेपालले पछिल्लो खेलबाट आज टोलीमा ३ परिवर्तन गरेको थियो । आकाश चन्दले डेब्यु पाउँदा अनिल शाह र देव खनाल टोलीमा थिए । क्यानडाले एक परिवर्तन गर्ने क्रममा डिलोन हेलिगरको स्थानमा दिलप्रित बज्वा टोलीमा आए ।

नेपालको प्लेइङ ११: रोहित पौडेल (कप्तान), अनिल शाह, कुशल मल्ल, देव खनाल, भीम सार्की, पवन सर्राफ, रिजन ढकाल, सूर्य तामाङ, आसिफ शेख, सोमपाल कामी, आकाश चन्द

बेन्च : हेमन्त धामी, कुशल भुर्तेल, आरिफ शेख, ललित नारायण राजवंशी

क्यानडाको प्लेइङ ११ : आरोन जोन्सन, नवानित धलिवल, निकोलस किर्तन, डिलोन हेलिगर, हर्ष ठाकर, साद बिन जाफर (कप्तान), दिलप्रित बज्वा, श्रेयास मोभा, इश्वरजोत सोहि, पर्गत सिंह, उदय भगवान सिंह

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.