default_image

3 months ago

February 11, 2024

नेपाललाई सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी महिला प्रिमियर कप् अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले भुटानबाट ६६ रनको सामान्य लक्ष्य पाएको छ । टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएको नेपालले भुटानलाई २० ओभरमा ४ विकेट लिँदै ६५ रनमा रोक्यो । भुटानका लागि ओपनर नवाङ छोडेनले २५ रन बनाइन् । त्यस्तै छिरिङ जान्ग्मोले १६ र कप्तान डेचेन […]

2590 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी महिला प्रिमियर कप् अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले भुटानबाट ६६ रनको सामान्य लक्ष्य पाएको छ ।

टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएको नेपालले भुटानलाई २० ओभरमा ४ विकेट लिँदै ६५ रनमा रोक्यो । भुटानका लागि ओपनर नवाङ छोडेनले २५ रन बनाइन् ।

त्यस्तै छिरिङ जान्ग्मोले १६ र कप्तान डेचेन वाङ्गमोले १७ रनको योगदान दिइन् । नेपालबाट कविता कुँवर, सिता रानामगर, इन्दु वर्मा र कविता जोशीले १-१ विकेट लिएका थिए ।

पहिलो खेलमा हङकङलाई ८ विकेटले हराएको नेपाल आजको खेलमा विजयी भए क्वाटरफाइनलमा पुग्ने लगभग पक्का हुनेछ । समूहको शीर्ष २ टोलीले क्वाटरफाइनल खेल्नेछन् । प्रतियोगिताको फाइनल पुग्ने टोली महिला एसिया कपमा छनोट हुनेछन् ।

April 30, 2024

मुम्बईविरुद्ध लखनऊको जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार लखनऊ सुपर जाएन्ट्स विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा लखनऊले मुम्बई इंडियन्स माथि ४ विकेटको जित दर्ता गरेको हो । मुम्बईले दिएको १ सय ४५ रनको लक्ष्य लखनऊले १९.२ ओभरमा ६ विकेट गुमाएर भेटायो । अन्तिम तिर लखनऊका लागि केही कठिन देखिएको खेलमा मुम्बईले राम्रो […]

April 30, 2024

विलियमसनको कप्तानीमा न्युजिल्याण्डको टोली घोषणा 

काठमाडौँ (हाम्रो खेलकुद) – अनुभवी ब्याटर केन विलियमसनको कप्तानीमा न्युजिल्याण्डले वेस्ट इन्डिज र अमेरिकामा हुने आगामी आइसीसी टि-२० विश्वकपका लागि आफ्नो स्क्वाड सार्वजनिक गरेको छ । न्युजिल्याण्डले अनुभवी टोली समीकरण बनाउँदै १५-सदस्सिय टोली सार्वजनिक गरेको हो । अनुभवी टोलीमा विलियमसन सहित फास्ट बलिङ द्वय टिम साउदी र ट्रेन्ट बोल्ट समावेश छन् । यो विलियम्सनको लागि […]

April 30, 2024

उपाधि रक्षाको लक्ष्यसहित इंग्ल्याण्डको टोली सार्वजनिक 

काठमाडौँ (हाम्रो खेलकुद) – साविक विजेता इंग्ल्याण्डले उपाधि रक्षाको लक्ष्यका साथि आगामी आइसीसी टि-२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । दुई पटकको विजेता इंग्ल्याण्डले कप्तान जोस बटलरको कप्तानीमा १५ सदस्सिय टोली सार्वजनिक गरेको हो । धेरै समय मैदान बाहिर समय बिताएका तीब्र गतिका बलर जोफ्रा आर्चरलाई टोलीमा समावेश गरिएको छ । उनले एक वर्षभन्दा […]

Success

Thank you for your time.