default_image

6 months ago

February 11, 2024

अष्ट्रेलियालाई वेस्ट-इन्डिज विरुद्ध टि-२० सिरिजको उपाधि

1600 views

0 Bookmark

एजेन्सी – लगातार दोस्रो जित निकाल्दै अष्ट्रेलियाले वेस्ट इन्डिज विरुद्धको टि-२० शृंखलामाथि एक खेल बाँकी रहँदै कब्जा गरेको छ । दोस्रो टि-२० मा ३४ रनको जित निकाल्दै अष्ट्रेलियाले तीन खेलको शृंखला कब्जा गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ग्लेन म्याक्सवेलको शतकको मद्दतमा ४ विकेट गुमाएर २४१ रनको विशाल योगफल जोडेको थियो । म्याक्सवेलले ५५ बल खेल्दै १२ चौका र ८ छक्का मद्दतमा १२० रनको अविजित इनिङ खेलेका थिए । यो म्याक्सवेलको अन्तराष्ट्रिय टि-२० मा पाँचौं शतक हो । रोहित शर्माले पनि पाँच शतक बनाएका छन् ।

टीम डेविड १४ बलमा २ चौका र २ छक्का सहित ३१ रनमा नटआउट रहे । यस्तै मिचेल मार्शले १२ बलमा ३ चौका र २ छक्का सहित २९ रन बनाए ।

वेस्ट इन्डिजका जेसन होल्डरले २ तथा अल्जारी जोसेफ र रोमारियो सेफर्डले समान एक एक विकेट लिए ।

विशाल लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभर खेल्दै ९ विकेटको क्षतिमा २०७ रन बनायो । वेस्ट इन्डिजका कप्तान रोभ्मन पावेलले ३६ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ६३ रन बनाए । यस्तै आन्द्रे रसेए १६ बलमा ३७ रन जोडे । जेसन होल्डरले २८ तथा जोन्सन चार्ल्सले २४ रन बनाए ।

अष्ट्रेलियाका लागि मार्कस स्टोईनिसले ३ तथा जोश हेजलवुड र स्पेन्सर जोन्सनले समान २-२ विकेट लिए । जेसन बेहरनडोर्फ र एडम जाम्पाले १-१ विकेट लिए ।

शृंखलाको तेस्रो खेल मंगलबार हुनेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.