default_image

1 year ago

February 11, 2024

अष्ट्रेलियालाई यु-१९ विश्वकपको उपाधि

4514 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – अष्ट्रेलिया चौथो पटक आईसिसी यु-१९ विश्वकपको विजेता बन्न सफल भएको छ । दक्षिण अफ्रिकाको बेनोनीमा आईतबार भएको फाइनलमा भारतमाथि ७९ रनको उत्कृष्ट जित निकाल्दै अष्ट्रेलियाले उपाधि जितेको हो ।

अष्ट्रेलियाले दिएको २५३ रनको लक्ष्य पछ्याएको भारत ४३.५ ओभरमा १७४ रनमा समेटियो । भारतका लागि ओपनर आदर्श सिंहले ७७ बल खेल्दै ४ चौका र १ छक्का सहित सर्वाधिक ४७ रन बनाए । यस्तै मुरुगन अभिषेकले ४६ बल खेल्दै ४२ रनको योगदान गरे । अन्य ब्याटरले सम्झन लायक प्रदर्शन गर्न सकेनन् ।

अष्ट्रेलियाका लागि माहली बियर्डम्यान र राफ म्याकमिलनले समान ३-३ विकेट लिए । यस्तै क्यालम भिल्डरले दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २५३ रन जोडेको थियो । अष्ट्रेलियाका लागि हर्जस सिंहले ६४ बल खेल्दै ३ चौका र ३ छक्का सहित सर्वाधिक ५५ रन बनाए । कप्तान ह्युग विबगेनले ६६ बल खेल्दै ५ चौकाको मद्दतमा ४८ रन जोडे ।

यस्तै ओलिभर पिकले ४३ बलमा ४६ रनको अविजित इनिङ खेले । ओपनर ह्यारी डिक्सनले ५६ बलमा ४२ रन बनाए ।

भारतका लागि राज लिम्बानीले १० ओभरमा ३८ रन खर्चिदै ३ विकेट लिएका थिए । यस्तै नमन तिवारीले दुई तथा सौमी पाण्डेले १-१ विकेट लिएका थिए ।

चौथो पटक च्याम्पियन बनेको अष्ट्रेलियाले यसअघि १९८८, २००२ र २०१० मा उपाधि उचालेको थियो । अष्ट्रेलिया २०१२ र २०१८ मा दोस्रो स्थानमा सिमित भएको थियो । दुवै पटक भारतले उपाधि उचालेको थियो । भारत भने पाँच पटकको विजेता रहेको छ ।

June 21, 2025

विदुर मेयर कपको उपाधि वडा नम्बर ३ लाई

काठमाडौं (हाम्रो खेलकुद) – प्रथम विदुर मेयर कप अन्तर वडा टि-२० प्रतियोगिताको उपाधि वडा नम्बर-३ ले जितेको छ । उपाधि सहित विजेता वडा नम्बर-३ ले ५० हजार रुपैयाँ तथा उपविजेता वडा नम्बर-४ ले २५ हजार रुपैयाँ प्राप्त गर्यो । नुवाकोट स्थित पिपलटार क्रिकेट मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा वडा नम्बर-३ ले वडा नम्बर-४ लाई १०५ रनको […]

June 21, 2025

नेपालको खेल अब कहिले ?

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली‌ राष्ट्रिय क्रिकेट टोलीको स्कटल्याण्ड भम्रण शुक्रवार सकिएको छ। टोली आइतवार बिहान स्वदेश आइपुग्ने बताइएको छ। नेपाली टोलीको यसपटकको भ्रमण मिश्रित रह्यो । नेपालले स्कटल्याण्डमा खेलेको विश्व कप लिग टु र टि ट्वान्टी आई सिरिजमा खेलेको ८ मध्ये ५ खेलमा जित निकालेको थियो । युरोपमा नेपालको यो नतिजालाई राम्रो मान्न सकिन्छ […]

June 21, 2025

तीन खेलाडीको शतकमा भारतको बलियो याेगफल

एजेन्सी – घरेलु टोली इङ्ग्ल्याण्डसँगको पहिलो टेस्टको पहिलो इनिङमा भारतले बलियो योगफल तयार गरेको छ । पहिलो इनिङमा भारतले कप्तान शुभमन गिल, उपकप्तान ऋषभ पन्त र ओपनर यशस्वी जैसवालको शतकमा ४ सय ७१ रन बनाएको छ । पछिल्लो क्रममा घरेलु टोलीले बलिङमा पुनरागमन गरेको थियो। कप्तान गिल २ सय २७ बलमा १९ चौका र १ […]

Success

Thank you for your time.