2 years ago
February 11, 2024
राकेश तिमल्सिना, चितवन
विश्व प्रकाश मावि मंगलपुर र इडन गार्डेन स्कुल भरतपुर एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरद्यिालय क्रिकेटको लिग चरणमा प्रवेश गरेका छन् ।
आज भएको नकआउट खेलमा विश्वप्रकाशले जानकी मावि तेलौलीलाई ५ विकेटले तथा इडन गार्डेनले स्मल हेभन मोडल स्कुल भरतपुरलाई ७ विकेटले हराउदै लिग चरणमा स्थान बनाएका हुन् ।
भरतपुर १५ स्थित निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको पहिलो खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जानकीले १२.३ ओभरमा अलआउट हुदै ४३ रनमा समेटियो । समेल थापाले १३ रन जोड्दा अन्य ब्याटरको प्रदर्शन एक अंकमा नै सिमत रह्यो ।
बलिङमा गौरव लामिछानेले ४, रेशम काफ्ले ३ तथा सन्देश न्यौपानेले २ विकेट लिए । ४४ रनको झिनो लक्ष्य पछ्याएको विश्वप्रकाशले ७.३ ओभरमा ५ विकेट गुुमाउदै पुरा गर्यो । बेलजित पन्जियार ७ तथा रेशम काफ्ले २ रनमा नटआउट रहे ।
बलिङमा समेल थापाले ३ र रोहित थापाले २ विकेट लिए । १.३ ओभरमा विना कुुनै रन ४ लिएका विश्वप्रकाशका गौरव लामिछाने खेलको प्लेयर अफ द म्याच भए ।

यस्तै अर्को खेलमा ८० रनको विजय लक्ष्य पछ्याएको इडन गार्डेन स्कुल भरतपुरले ११.१ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । पहिलो विकेटका लागि ४७ रनको साझेदारी गर्दै ओपनरद्वय कुशल थिङ र अनिश पौडेलले इडन गार्डेनलाई उत्कृष्ट सुरुआत दिलाएका थिए ।
१९ बल खेल्दै कुशलले २ छक्का र ३ चौकासहित २६ रन बनाए । अनिशले २५ बलमा १ छक्का र ३ चौका प्रहार गर्दै २४ रन बनाए । बलिङमा विजय कार्कीले ३ र संस्कार रिमालले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्मल हेभनले १५.३ ओभरमा अलआउट हुदै ७९ रनमा रोकियो । गौरव गुप्ताले सर्वाधिक १४ रन बनाउदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङमा सलिन सापकोटा र सौगात सापकोटाले समान ३ विकेट लिदा प्रवेश अधिकारीले २ विकेट लिए । ब्याटिङमा नटआउट १६ रन र बलिङमा २ विकेट लिदै अलराउण्ड प्रदर्शन गरेका प्रवेश अधिकारी खेलको प्लेयर अफ द म्याच बने ।
प्रतियोगिता अन्तर्गत भोलि हुने २ खेलमध्ये पहिलो खेलमा वाल्मिकी शिक्षा सदन भरतपुर र सिर्जना इंग्लिस स्कुल भरतपुर खेल्नेछन् । त्यस्तै दोश्रो खेलमा सनराइज इंग्लिस स्कुल भरतपुर र होली भिजन पब्लिक स्कुल लंकु आमनेसामने हुनेछन् । भरतपुर महानगरपालिकाको आयोजना र चितवन जिल्ला क्रिकेट संघको सह–आयोजनामा संचालन भैरहेको प्रतियोगिता फागुन २२ गतेसम्म चल्नेछ ।
December 22, 2025
एजेन्सी – आइसिसी टि-ट्वान्टी विश्व कपका लागि भारतीय क्रिकेट टोलीमा पर्न असफल भएका शुभमन गिलले पञ्जाबबाट घरेलु एकदिवसीय क्रिकेट प्रतियोगिता विजय हजारे ट्रफी खेल्ने भएका छन्। शुभमन, अभिषेक शर्मा र अर्शदीप सिंहसहित पञ्जाबले १८ सदस्यीय टोली घोषणा गरेको छ। पञ्जाबले प्रतियोगितामा आफ्नो पहिलो खेल डिसेम्बर २४ मा महाराष्ट्रविरुद्ध खेल्नेछ। टोलीमा यी ३ भारतीय खेलाडीका साथै […]
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]