3 hours ago
December 22, 2025
एजेन्सी – आइसिसी टि-ट्वान्टी विश्व कपका लागि भारतीय क्रिकेट टोलीमा पर्न असफल भएका शुभमन गिलले पञ्जाबबाट घरेलु एकदिवसीय क्रिकेट प्रतियोगिता विजय हजारे ट्रफी खेल्ने भएका छन्।
शुभमन, अभिषेक शर्मा र अर्शदीप सिंहसहित पञ्जाबले १८ सदस्यीय टोली घोषणा गरेको छ। पञ्जाबले प्रतियोगितामा आफ्नो पहिलो खेल डिसेम्बर २४ मा महाराष्ट्रविरुद्ध खेल्नेछ।
टोलीमा यी ३ भारतीय खेलाडीका साथै बलिया ब्याटर र अलराउन्डर पनि छन्। प्रभसिमरन सिंह, नामन धीर, अनमोलप्रीत सिंह, रामनदीप सिंह, सानवीर सिंह र हरप्रीत ब्रार टोलीमा परेका छन्। बलिङ आक्रमणको जिम्मा गुर्नूर ब्रार र कृष भगत ले सम्हाल्नेछन्।
तर शुभमन, अभिषेक र अर्शदीपले पञ्जाबका लागि कति खेल खेल्नेछन् भन्ने कुरा अझै निश्चित छैन। भारतले जनवरी ११ बाट न्युजिल्याण्डविरुद्ध ३ एकदिवसीय खेल खेल्नेछ। त्यसपछि जनवरी २१ बाट ५ टि ट्वान्टी खेल पनि हुनेछन्।
शुभमन हालै भारतीय टि ट्वान्टी टोलीबाट बाहिर परेका छन् । उनले एकदिवसीय टोलीको कप्तानमा पुनरागमन गर्ने सम्भावना छ। अभिषेक र अर्शदीप भने टि ट्वान्टी टोलीमा छन्।
December 21, 2025
एजेन्सी – पाकिस्तानले एसिसी यु १९ एसिया कपको उपाधि जितेको छ। फाइनलमा भारतलाई १ सय ९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन भएको हो। दुबईमा आज पाकिस्तानका ओपनर समिर मिनासले १ सय १३ बलमा १ सय ७२ रनको योगदान गरेपछि पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। समिरले १७ […]
December 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारत र श्रीलंका माघ २५ देखि फागुन २४ गते ( २०२६ फेब्रुअरी ७ देखि मार्च ८) सम्म आयोजना हुने आइसिसी टि ट्वान्टी विश्वकपका लागि नेपालले भोलिबाट तयारी सुरु गर्ने भएको छ। यसअघि राष्ट्रिय टोलीमा रहेका सहित अन्य खेलाडी थप्दै २४ खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षणमा बोलाएको छ। १० दिनअघि सकिएको […]
December 21, 2025
धनगढी (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सलाई नेपाल प्रिमियर लिग (एनपिएल) टु जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येका एक क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। एसपिएका निर्देशक सुवास विक्रम शाही र शेरले आइतवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता एक बर्षको रहेको छ। एनपिएलमा लुम्बिनका लागि १७ विकेट लिएका शेर राइजिङ प्लेयर चुनिएका थिए। […]