2 hours ago
December 22, 2025
धनगढी (हाम्रो खेलकुद)- ओलम्पियन दीपक विष्ट कन्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकाको खेलकुद सद्भावना दूत नियुक्त भएका छन्।
कृष्णपरको वडा नं ८ विचुवामा जन्मेका विष्टले खेलकुद मार्फत नगरपालिका, जिल्ला, सुदूरपश्चिम प्रदेश हुँदै राष्ट्रको गौरव बढाउन योगदान गरेको भन्दै नगरपालिकाले आफ्नो खेलकुद सद्भावना दूत नियुक्त गरेको जनाएको छ।
नगरपालिकाको २०८१ पुस २८ गतेको बसेको १६औं नगर-सभाबाट विष्टलाई खेलकुद सद्भावना दूत नियुक्त गर्ने निर्णय भएको थियो।
१६औं नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको समापनमा आज विष्टलाई खेलकुद सद्भावना दूत नियुक्तीको पत्र नगर प्रमुख हेमराज ओझाले हस्तान्तरण गरे। सोही अवसरमा विष्टलाई सम्मान पनि गरिएको थियो।

विष्टले ४ पटक सन् १९९९, २००४, २००६, २०१० को दक्षिण एसियाली खेलकुद (साफ) को तेक्वान्दोमा स्वर्ण पदक जितेका थिए।
त्यस्तै २००२ र २००६ मा एसियाली खेलकुदमा कास्य पदक जितेका थिए। साफमा ४ स्वर्ण र एसियाली खेलकुदमा २ कास्य पदक जित्ने उनी नेपालका एक्लो खेलाडी हुन्।
त्यस्तै छनोट चरण पार गरेर उनले २००८ को बेइजिङ ओलम्पिकमा भाग लिएका थिए। नेपाल ओलम्पियन्स संघका अध्यक्ष समेत रहेका विष्ट राष्ट्रिय खेलकुद परिषद्को राष्ट्रिय टिम तयारीको निर्देशक हुन्।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेप्लिज तेक्वान्दो एकेडेमी १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी) को टिम च्याम्पियन बनेको छ । राष्ट्रिय खेलुकद परिषद्को कभर्डहलमा शनिवार सम्पन्न भएको प्रतियोगितामा नेप्लिज तेक्वान्दोले सर्वाधिक ४५ स्वर्ण, ३२ रजत र ३१ कास्य पदक जित्यो । कोटेश्वर तेक्वान्दो डोजाङ दोस्रो र चन्द्रागिरी तेक्वान्दो डोजाङ तेस्रो भयो । कोटेश्वरले ३१ स्वर्ण, […]
December 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]