default_image

6 months ago

February 12, 2024

अनिलको पहिलो ओडीआई शतक!

1174 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर अनिल शाहले ओडीआई क्रिकेटमा नेपालका लागि आफ्नो पहिलो शतक प्रहार गरेका छन् । क्यानडाविरुद्ध जारी ओडीआई सिरिजको तेस्रो खेलमा अनिलले पहिलो अन्तर्राष्ट्रिय शतक पूरा गरेका हुन् ।

सोमबार टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अनिलले १ सय १६ बलमा शतक पूरा गरेका हुन् ।

क्यानडाविरुद्ध उनले ११ चौका र १ छक्कासहित शतक पूरा गरेका हुन् ।

नेपालबाट शतक पूरा गर्ने अनिल सातौं खेलाडी बने । उनी शतक प्रहार गर्ने दोस्रो विकेटकिपर हुन् । नेपालका लागि यसअघि रोहित पौडेल (१२६), पारस खड्का (११५), कुशल भुर्तेल (११५), आसिफ शेख (११०), कुशल मल्ल (१०८) र दीपेन्द्रसिंह ऐरी (१०५) ले शतक बनाएका थिए ।

क्यानडाले प्रस्तुत गरेको २ सय ३३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल बलियो स्थितिमा छ । नेपालले ४०.३ ओभरमा २ सय १८ रन जोडेको छ । भीम ९७ रन जोड्दै क्रिजमा छन् ।

अनिलले आफूले सामना गरेको सुरुवाती ४ बलमा लगातार चौका प्रहार गरेका थिए । इनिङको दोस्रो ओभरमा उदय भगवानलाई आक्रमण गर्दै उनले आफ्नो लयलाई निरन्तरता दिएका थिए । उनले ५१ बलमा अर्धशतक पूरा गरेका थिए ।

पाँचौ ओभरमा ओपनर कुशल भुर्तेल आउट भएपछि अनिलले आफ्नो गतिमा ब्रेक लगाउनुपरेको थियो । अनिल र कुशलले पहिलो विकेटका लागि ४५ रन जोडेका थिए । कुशलले १४ बलमा ३ चौकासहित १३ रनको योगदान दिए ।

त्यसअघि क्यानडाले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३२ रन जोडेको थियो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.