default_image

6 months ago

February 12, 2024

रोहित ‘प्लेयर अफ द सिरिज’ 

2341 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली टोलीका कप्तान रोहित पौडेल क्यानाडा विरुद्धको तीन एकदिवशिय शृंखलाको ‘प्लेयर अफ द सिरिज’ चुनिएका छन् । नेपालले शृंखला ३-० ले जितेपश्चात रोहित प्लेयर अफ द सिरिज घोषणा भएका हुन् ।

रोहितले तीन खेलमा ९५ रन प्रहार गर्दै ६ विकेट समेत लिएका थिए । पहिलो खेलमा ८ रन प्रहार गर्दै ४ विकेट लिएका उनले दोस्रो खेलमा ८७ रन प्रहार गर्दै २ विकेट लिए । फाइनल खेलमा भने उनले ब्याटिङ र बलिङ गरेनन् ।   

ओपनर अनिल शाह र मध्यक्रमका ब्याटर भीम सार्कीले शतक बनाएपछि नेपालले तेस्रो खेल ९ विकेटले जित्दै क्यानडाविरुद्ध ओडीआई सिरिज क्लिनस्विप गरेको थियो ।

सोमबार टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले प्रस्तुत गरेको २ सय ३३ रनको लक्ष्य नेपालले ४५ औं ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।

अघिल्लो खेलमा अर्धशतक बनाएका अनिलले १ सय १२ रनको योगदान दिँदा भीम पनि १ सय १ रनमा नटआउट रहे । नेपालका लागि ओडीआईमा दुई खेलाडीले शतक प्रहार गरेको यो पहिलो अवसर हो । अनिलले १ सय २४ बलमा १२ चौका र २ छक्का प्रहार गरे । भीमले १ सय २९ बलमा ११ चौका र १ छक्का जोडेका थिए ।

नेपालले पहिलो खेल ७ रन र दोस्रो खेल ४ विकेटले जितेको थियो । 

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.