default_image

2 years ago

February 13, 2024

ज्ञानेन्द्र,शक्ति, रिजन लेभल २ कोचिङ कोर्ष उतिर्ण

1152 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, अलराउन्डर शक्ति गौचन र गण्डकी प्रदेशका मुख्य प्रशिक्षक रिजन प्रजुले आइसिसी लेभल २ कोचिङको कोर्ष उतिर्ण गरेका छन् ।

दुई महिना अघि सिंगापुरमा भएको लेभल आइसिसी २ कोचिङमा ३ जनाले भाग लिएका थिए । नेपाल क्रिकेट संघ (क्यान) आफ्नो सामाजिक सन्जाल मार्फत तीनै जनाले कोर्ष उतिर्ण गरेको जनाएको छ ।

नेपालसहित सिंगापुर, मलेसिया, थाईल्यान्ड, ओमान, साउदी अरेविया, माल्दिभ्स, उज्बेकस्तान, चीन, भुटान, पाकिस्तान, मंगोलिया र कतारका गरि कुल २४ जना कोर्षमा भाग लिएका थिए ।

बंगलादेशका पूर्वक्रिकेटर अमिनुल इस्लाम र पाकिस्तानका पूर्व अलराउन्डर इकबाल सिकन्दरले कोर्षमा प्रशिक्षण दिएका थिए । ज्ञानेन्द्रले सन् २००९ , शक्तिले २०११ र रिजनले २०१३ मा लेभल १ कोर्ष गरेका थिए।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.