default_image

5 months ago

February 13, 2024

विश्व कप लिग २ – एक्सन स्पोर्टस एचडीले प्रत्यक्ष प्रसारण गर्ने

1824 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कीर्तिपुरस्थित टियु मैदानमा बिहीबार सुरु हुने नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित आइसीसी पुरुष क्रिकेट विश्व कप लिग २ का खेलहरु डिशहोमको एक्सन स्पोर्टस एचडी १ ले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

लिग २ का सबै ६ खेल एक्सन स्पोर्टससँग एक्सन स्पोर्टसको युट्युब र डिस गोल एपबाट पनि प्रत्यक्ष प्रसारण गर्नेछ । सोमबार सम्पन्न नेपाल र क्यानडाबीचको ओडिआई सिरिजको पनि एक्सन स्पोर्टसले प्रत्यक्ष प्रसारण गरेको थियो ।

लिग २ मा तीनै टोलीले एकअर्कासँग दुई पटक खेल्नेछन् । पहिलो खेल नेपाल र नामिबियाबीच हुनेछ । नेपाल र नेदरल्यान्ड्स फागुन ५ गते, नामिबिया र नेदरल्यान्ड्सबीच फागुन ७, नेपाल र नामिबिया फागुन ९ गते, नामिबिया र नेदरल्यान्ड्स फागुन ११ गते तथा छैटौं तथा अन्तिम खेल नेपाल र नेदरल्यान्ड्सबीच फागुन १३ गते हुनेछ ।

लिग २ मा नेपाल, नामिबिया, नेदरल्यान्ड्ससहित क्यानडा, ओमान, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स, अमेरिका छन् । लिग २ मा हरेक टोलीले ३६ खेल खेल्नेछन् । तीन वर्षसम्म चल्ने लिग २ का शीर्ष ४ टोलीले सिधै विश्व छनोट खेल्ने पाउनेछ । पुछारका ४ टोलीले भने प्ले अफ खेल्नु पर्ने हुन्छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.