default_image

5 months ago

February 13, 2024

माल्दिभ्सविरुद्ध नेपालले राखेका ५ कीर्तिमान

1922 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणमा लगातार तेस्रो जित दर्ता गर्ने क्रममा माल्दिभ्समाथि एकपक्षीय जित दर्ता गर्यो ।

समूह चरणको अन्तिम खेलमा माल्दिभ्सविरुद्ध २ सय १४ रनको जित हासिल गर्दै नेपालले थुप्रै कीर्तिमान पनि कायम गर्यो । रुविना क्षेत्री बेलबासेले महिला क्रिकेटमा नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेको खेलमा अन्य उपलब्धि पनि हासिल भएका छन् ।

एसीसी महिला एसिया कपको छनोटको रुपमा रहेको प्रतियोगितामा नेपाल समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ । मंगलबारको खेलमा नेपालले व्यक्तिगत र टिमतर्फ राखेको ५ कीर्तिमान यसप्रकार छ ।

१. महिला क्रिकेटमा पहिलो अन्तर्राष्ट्रिय शतक

नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय शतक बनाउने क्रममा रुविनाले ५९ बलमा १० चौका र ५ छक्कासहित १ सय १८ रनको योगदान दिइन् । रुविनाले ५४ बलमा शतक पूरा गरेकी थिइन् ।

२. महिला टि२०आईमा सर्वाधिक व्यक्तिगत रन

नेपालका लागि रुविनाले पहिलो शतकसँगै सर्वाधिक व्यक्तिगत स्कोर पनि बनाइन् । यसअघि कतारविरुद्ध सिरिजमा सीता रानामगरले नटआउट ८२ रनको इनिङ खेलेकी थिइन् । रुविनाले यसअघि आफ्नो सर्वाधिक व्यक्तिगत स्कोर ५० रन पनि कतारविरुद्ध नै बनाएकी थिइन् ।

३. नेपालको सबैभन्दा ठूलो योगफल

माल्दिभ्सविरुद्ध नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २७ रन जोड्यो । नेपालको महिला टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सर्वाधिक ठूलो योगफल हो । यसअघि कतारविरुद्ध नेपालले सन् २०२१ मा खेलिएको सिरिजमा १ सय ६४ रन बनाएको थियो ।

४. नेपालको सबैभन्दा ठूलो जित

नेपालले २ सय १४ रनको जित दर्ता गर्दै हालसम्मकै सबैभन्दा फराकिलो जित दर्ता गर्यो । यसअघि सन् २०२१ मा कतारविरुद्ध १ सय १९ रनको जित ठूलो अन्तरको जित थियो ।

५. सर्वाधिक ठूलो साझेदारी

रुविनाले पुजा महतोसँग सबैभन्दा ठूलो साझेदारी पनि कायम गरिन् । यी दुईले पाँचौ विकेटका लागि १ सय ६६ रनको साझेदारी गरेका थिए । यसअघि इन्दु वर्मा र सीता रानामगरको नाममा ८८ रनको साझेदारी थियो ।

यो साझेदारी पाँचौ विकेटका लागि विश्व महिला क्रिकेटकै सर्वाधिक पनि हो ।

नोट : नेपालले माल्दिभ्सलाई १३ रनमा अलआउट गरेपनि त्यो सबैभन्दा कम योगफल भने होइन । यसअघि सन् २०१९ को दक्षिण एसियाली खेलकुदमा नेपालले माल्दिभ्सलाई ८ रनमा अलआउट गरेको थियो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.