default_image

2 months ago

February 14, 2024

दीपेन्द्र लिग-२ को पहिलो खेलमा नहुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत विहीबार हुने नामिबियाविरुद्धको पहिलो खेलमा नहुने भएका छन् । दीपेन्द्र सम्मिलित गल्फ जायन्टसले बुधबार साँझ आइएलटि२०को क्वालिफायरमा प्रतिस्पर्धा गर्दैछ । उनी उक्त खेलमा उपस्थित रहने भएकाले बिहीबार हुने नेपालको खेलमा उपस्थित नहुने भएका हुन् । उक्त खेलको नतिजा हेरेर […]

2920 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत विहीबार हुने नामिबियाविरुद्धको पहिलो खेलमा नहुने भएका छन् ।

दीपेन्द्र सम्मिलित गल्फ जायन्टसले बुधबार साँझ आइएलटि२०को क्वालिफायरमा प्रतिस्पर्धा गर्दैछ । उनी उक्त खेलमा उपस्थित रहने भएकाले बिहीबार हुने नेपालको खेलमा उपस्थित नहुने भएका हुन् । उक्त खेलको नतिजा हेरेर दीपेन्द्रको अन्य खेलमा सहभागिता बारे निर्णय हुनेछ ।

दीपेन्द्रले आइएलटि२० मा विश्वस्तरीय खेलाडीविरुद्ध खेल्ने अवसर पाउनेछन् । त्यसैले पनि नेपालमा क्यानडा सिरिज र लिग-२ का केही खेल गुम्ने थाहा हुँदाहुँदै उनलाई उक्त लिगमा खेल्न प्रशिक्षक टोलीबाट स्वीकृति दिइएको थियो ।

यसबाहेक दीपेन्द्रको व्यावसायिक करिअरको लागि पनि यसले सहयोग पुग्ने विश्वास रहेको छ । दीपेन्द्रले यो लिगमा राम्रो गरेको अवस्थामा अन्य फ्रेन्चाइज लिगमा खेल्ने बाटो खुल्ने र त्यसले विश्वकपअघि उनको क्षमतामा सहयोग पुग्ने टोलीको विश्वास छ ।

नेपालले यसै जुनमा अमेरिका र वेस्ट इन्डिजमा टि२० विश्वकप खेल्दैछ । त्यसका लागि लिग-२ लगत्तै नेपालले लगातार तयारी सिरिजहरु पनि खेल्दैछ । दीपेन्द्रलाई उच्च स्तरीय खेलमा प्रतिस्पर्धा गर्ने अवसर आएकै कारण ओडीआई छोडेर यूएई जान स्वीकृति दिइएको थियो ।

दीपेन्द्रको अनुपस्थितिमा नेपालले देव खनाललाई मध्यक्रममा प्रयोग गर्ने सम्भावना रहेको छ । पवन सर्राफ अलराउन्डरको भूमिकामा रहेपनि क्यानडा सिरिजमा उनको प्रदर्शन औसत थियो । त्यसैले प्रशिक्षक मोन्टी देशाइले देवलाई मध्यक्रममा थपेर रोहित पौडेल र कुशल मल्लबाट पार्ट टाइम बलिङको ओभर निकाल्ने देखिन्छ ।

नेपाली समय अनुसार आज रातको ८:१५ बजे दीपेन्द्र सम्मिलित जायन्टसले एमआई इमिरेट्सको सामना गर्दैछ । आजको खेल जिते टोली सिधै फाइनल पुग्नेछ । आज हारेको अवस्थामा भने भोली दोस्रो क्वालिफायरमा टोलीले फाइनल पुग्न दोस्रो प्रयास गर्नेछ । फाइनल शनिबार हुनेछ ।

नेपालले लिग २ मा बिहीबार नामिबिया र शनिबार नेदरल्यान्ड्सको सामना गर्दैछ ।

April 20, 2024

दिल्लीमाथि हैदरावादको सानदार जित

एजेन्सी – विष्फोटक ब्याटिङ प्रदर्शन सहित सनराईजर्स हैदरावादले इंडियन प्रिमियर लिग (आइपिएल) मा शनिबार दिल्ली क्यापिटल्स माथि फराकिलो जित दर्ता गरेको छ । हैदरावादले दिल्लीमाथि उसैको मैदानमा ६७ रनको सानदार जित निकालेको हो। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले उत्कृष्ट ब्याटिङ सहित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६६ रनको विशाल योगफल खडा […]

April 20, 2024

नेपाललाई हराउँदै हङकङ इमर्जिङ एसिया कपमा छनोट

मस्कट (हाम्रो खेलकुद) – हङकङ ओमनमा जारी एसीसी प्रिमियर कपमा तेस्रो स्थान हासिल गर्दै इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको छ । तेस्रो स्थानको लागि शनिबार भएको खेलमा नेपाल माथि ४ विकेटको जित निकाल्दै इमर्जीङ टिम्स एसिया कपमा छनोट भएको हो । नेपालले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको हङकङले लक्ष्य १९.३ ओभरमा ६ […]

April 20, 2024

दीपेन्द्रको ब्याटिङमा नेपालको प्रतिस्पर्धात्मक योगफल

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत हङकङ विरुद्ध तेस्रो स्थानको खेलमा नेपालले प्रतिस्पर्धात्मक योगफल खडा गरेको छ । पछिल्लो खेलमा खराब ब्याटिङ प्रदर्शन गरेको नेपालले आज निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको हो ।  टस जितेर पहिला ब्याटिङ रोजेको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २९ बलमा ४ चौका र ३ […]

Success

Thank you for your time.