2 years ago
February 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी प्रिमियर महिला कपको क्वाटरफाइनलमा नेपालले कुवेतविरुद्ध पहिलो फिल्डीङ गर्दैछ ।
कुवेतकी कप्तान अमन शरिफले टस जितेर पहिलो ब्याटिङ रोजेकी हुन् । नेपाल समूह विजेताको रुपमा नकआउट चरण प्रवेश गरेको हो । नेपालले समूह चरणको खेलमा हङकङ, भुटान र माल्दिभ्सलाई पराजित गरेको थियो ।
नेपालले ४ ओभरमा कुवेतलाई १३-१ को स्थितिमा राखेको छ । अहिले भने वर्षाका कारण खेल रोकिएको छ । वर्षाकै कारण खेल हुन नसके नेपाल समूह विजेताको रुपमा अघि बढ्नेछ ।
आजको खेलमा जिते नेपालले सेमिफाइनलमा जापान र मलेसियाको विजेतासँग खेल्नेछ । यी दुईको क्वाटरफाइनल खेल जारी छ ।
अर्को सेमिफाइनलमा यूएई र थाइल्यान्ड खेल्ने पक्का भइसकेको छ । आज भएको क्वाटरफाइनलमा यूएईले इन्डोनेसिया र थाईल्यान्डले हङकङलाई हराएको थियो ।
प्रिमियर कपको फाइनल पुग्ने दुई टोलीले एसिया कप खेल्ने तालिका रहेको छ । एसिया कप २०२४ सेप्टेम्बरमा हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]