default_image

2 months ago

February 15, 2024

अनिल र आसिफ दुवै खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत २०२४-२७ सिजनको पहिलो खेलमा आज नेपाल र नामिबिया भिड्दैछन् । नामिबियाले टस जितेर फिल्ड गर्ने निर्णय लिएसँगै नेपालले पहिलो ब्याटिङ गर्दैछ । नेपालले आज विकेटकिपर ब्याटर अनिल शाह र आसिफ शेख दुवैलाई खेलाएको छ । किपिङ आसिफले गर्नेछन् । शीर्षक्रममा कुशल भुर्तेल र आसिफ आउँदा अनिलले […]

2597 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत २०२४-२७ सिजनको पहिलो खेलमा आज नेपाल र नामिबिया भिड्दैछन् ।

नामिबियाले टस जितेर फिल्ड गर्ने निर्णय लिएसँगै नेपालले पहिलो ब्याटिङ गर्दैछ । नेपालले आज विकेटकिपर ब्याटर अनिल शाह र आसिफ शेख दुवैलाई खेलाएको छ । किपिङ आसिफले गर्नेछन् ।

शीर्षक्रममा कुशल भुर्तेल र आसिफ आउँदा अनिलले तेस्रो नम्बरमा ब्याटिङ गर्ने सम्भावना छ । यसबाहेक रोहित पौडेल, कुशल मल्ल, भीम सार्की र पवन सर्राफ मध्यक्रममा छन् ।

गुलशन झा अलराउन्डरको रुपमा रहँदा सोमपाल कामी, करण केसी र ललित नारायण राजवंशीले बलिङ सम्हाल्नेछन् । पवन र कुशल स्पिन विकल्पमा हुनेछन् ।

नेपालको टोली : रोहित पौडेल, आसिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, भीम सार्की, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी,

बेन्च : सूर्य तामाङ, देव खनाल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख

नामिबियाको टोली : जेरार्ड एरास्मस (कप्तान), जेन ग्रिन (विकेटकिपर), जेजे स्मिट (उपकप्तान), माइकल भान लिंगेन, निकोल लोफ्टि-इटन, जान फ्रिलिंक, रुबेन ट्रम्पलम्यान, निको डाभीन, टांगेनी लुंगामेनी, ज्याक ब्रेसल, बर्नार्ड स्कोल्ज

बेन्च : जेपी कोट्जे, मलान क्रुगर, बेन शिकोंगो, सन फौसी

April 20, 2024

नेपाललाई हराउँदै हङकङ इमर्जिङ एसिया कपमा छनोट

मस्कट (हाम्रो खेलकुद) – हङकङ ओमनमा जारी एसीसी प्रिमियर कपमा तेस्रो स्थान हासिल गर्दै इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको छ । तेस्रो स्थानको लागि शनिबार भएको खेलमा नेपाल माथि ४ विकेटको जित निकाल्दै इमर्जीङ टिम्स एसिया कपमा छनोट भएको हो । नेपालले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको हङकङले लक्ष्य १९.३ ओभरमा ६ […]

April 20, 2024

दीपेन्द्रको ब्याटिङमा नेपालको प्रतिस्पर्धात्मक योगफल

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत हङकङ विरुद्ध तेस्रो स्थानको खेलमा नेपालले प्रतिस्पर्धात्मक योगफल खडा गरेको छ । पछिल्लो खेलमा खराब ब्याटिङ प्रदर्शन गरेको नेपालले आज निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको हो ।  टस जितेर पहिला ब्याटिङ रोजेको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २९ बलमा ४ चौका र ३ […]

April 20, 2024

लुम्बिनी तेस्रो जितसहित शीर्षस्थानमा कायम

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा शनिबार लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई ५० रनले हराएको छ। लुम्बिनीको यो तेस्रो जित हो र ६ अंक सहित अंक तालिकाको शीर्षस्थानमा रहेको छ। लुम्बिनीको जितमा कप्तान देव खनालले ४५ रन बनाए। जितको लागि १ सय ३९ रनको मध्यम लक्ष्य पछाएको कोशी प्रदेश १९.४ ओभरमा मात्र […]

Success

Thank you for your time.