default_image

5 months ago

February 15, 2024

दुई दिनको खेल बाँकी रहँदा न्यूजिल्याण्ड जिततर्फ उन्मुख

366 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिका विरुद्धको घरेलु टेस्ट शृंखलाको दोस्रो खेलमा न्यूजिल्यान्ड जित तर्फ अग्रसर रहेकाे छ । जितका लागि २ सय ६७ रनको लक्ष्य पछ्याइरहेको न्यूजिल्यान्डलाई तेस्रो दिनको खेल सकिँदा दोस्रो इनिङमा ४०-१ को अवस्थामा २ सय २७ रन चाहिएको छ ।

ओपनर टम ल्याथम २१ रन बनाएर क्रिजमा छन् । अर्का ओपनर डेभोन कन्वे १७ रन बनाएर तेस्रो दिनको अन्तिम बलमा डेन पिइड्टको बलमा आउट भए ।

त्यसअघि पहिलो पहिलो इनिङमा टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिका २ सय ४२ रनमा सिमित भएको थियो । दक्षिण अफ्रिकाका लागि रुआन डे स्वार्डटले सर्वाधिक ६४ रन बनाएका थिए । यस्तै डेविड बेडीनगमले ३९ र सन भोन बर्गले ३८ रन बनाएका थिए । न्यूजिल्यान्डका लागि पहिलो इनिङमा विलियम ओरोउर्कले ४ तथा रचिन रविन्द्रले ३ विकेट लिएका थिए ।

त्यसपछि पहिलो इनिङमा ब्याटिङ गरेको न्यूजिल्यान्ड २ सय ११ रनमा समेटियो । न्यूजिल्यान्डलाई सस्तैमा समेट्न डेन पिइड्टले ५ विकेट लिएका थिए । यस्तै डेन पिटरसनले ३ विकेट लिए ।

न्यूजिल्यान्डका लागि केन विलियमसनले सर्वाधिक ४३ रन बनाएका थिए । यस्तै टम ल्याथमले ४० तथा विल यङले ३६ रन बनाए ।

३१ रनको अग्रता साथ दोस्रो इनिङमा ब्याटिङ सुरु गरेको दक्षिण अफ्रिका २३५ रन मात्र बनाउन सक्यो । बेडिनगमले ११० रनको शतकीय इनिङ खेल्दा किगन पिटरसनले ४३ रनको योगदान गरे । विलियम ओरोउर्कले दोस्रो इनिङमा भने ५ विकेट लिन सफल भए ।

दुई टेस्ट शृंखलाको पहिलो टेस्ट न्यूजिल्यान्डले २८१ रनको फराकिलो अन्तरले जितेको थियो । घरेलु टि-२० एसए-२० चलिरहेको अवस्थामा दक्षिण अफ्रिकाले कमजोर टोली न्यूजिल्यान्ड भ्रमणका लागि पठाएको छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.