default_image

2 years ago

February 16, 2024

दीपेन्द्र आज फर्कंदै!

6910 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी शुक्रबार यूएईबाट नेपाल फर्कने भएका छन् ।

यूएईमा जारी आइएलटि२० मा गल्फ जायन्टसमा अनुबन्धित दीपेन्द्र टोली फाइनलमा पुग्न नसक्दा शुक्रबार नेपाल फर्कने भएका हुन् । जायन्टसले विहीबार राती भएको दुबई क्यापिटल्ससँगको दोस्रो क्वालिफायरमा ९ विकेटको हार बेहोरेको थियो । दीपेन्द्र शुक्रबार राती नेपाल आइपुग्ने तालिका रहेको छ ।

नेपालले आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत विहीबार दीपेन्द्रबिना नामिबियासँग पहिलो खेल खेल्दै हार बेहोरेको थियो । तर खेलपछि प्रशिक्षक मोन्टि देशाइले दीपेन्द्र नहुँदा टोलीमा सन्तुलन भने नबिग्रिएको बताएका थिए ।

दीपेन्द्र शुक्रबार राती आएसँगै शनिबार हुने नेदरल्यान्ड्सविरुद्ध खेलका लागि उपलब्ध हुनेछन् । तर टोलीले उनको विश्रामको अवस्था हेरेर खेल्ने वा नखेल्ने निर्णय लिनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.