default_image

5 months ago

February 16, 2024

थाइल्याण्डलाई हराउँदै यूएई फाइनलमा

2467 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी महिला प्रिमियर कपको पहिलो सेमिफाइनलमा यूएईले थाइल्याण्डलाई पराजित गरेको छ ।

निकै रोमान्चक सेमिफाइनलमा यूएईले ४ रनको जित दर्ता गर्दै प्रिमियर कपको फाइनलमा स्थान पक्का गर्यो । मलेसियाको बायुमास ओभलमा यूएईले प्रस्तुत गरेको ७१ रनको लक्ष्य पछ्याउने क्रममा थाइल्याण्ड ६६ रनमा अलआउट भयो ।

यूएईले २० ओभरमा ७ विकेट गुमाएर ७० रन जोडेको थियो । जवाफमा ७१ रनको लक्ष्य पछ्याउँदा थाइल्याण्ड ७.५ ओभरमा १५-५ को दयनीय स्थितिमा पुगेको थियो ।

तर छैटौं विकेटका लागि ३५ रनको साझेदारी हुँदा टोली खेलमा फर्कियो । अन्तिम ३ ओभरमा जितका लागि १४ रन आवश्यक हुँदा २ विकेट बाँकी रहेपनि थाइल्याण्ड पराजित हुन पुग्यो ।

अन्तिम ओभरमा ६ रन चाहिएको अवस्थामा पहिलो बलमा १ रन जोडेपछि दोस्रो बलमा थाइल्याण्डले अन्तिम विकेट क्याच आउट हुँदै गुमायो । यससँगै थाइल्याण्डले सेप्टेम्बरमा हुने एसिया कप गुमाउने भएको छ ।

यूएईले अब नेपाल र मलेसियाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ । नेपाल र मलेसियाको खेल ११:१५ बजे सुरु हुनेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.