11 months ago
February 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी महिला प्रिमियर कप २०२४ अन्तर्गत दोस्रो सेमिफाइनलमा नेपालले मलेसियाविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ ।
बायुमास ओभलमा हुने खेलका लागि कप्तान इन्दु वर्माले पहिलो ब्याटिङ गर्ने निर्णय लिँदा टोलीमा दुई परिवर्तन पनि भएको छ । स्पिनर संगीता राई र उपकप्तान विन्दु रावल टोलीमा आएका छन् । अश्मिना कर्माचार्य र पुजा महतोलाई बाहिर राखिएको छ ।
नेपालको प्लेइङ ११:
कविता कुँवर, सिता रानामगर, इन्दु वर्मा, रुविना क्षेत्री, अप्सरी बेगम, डली भट्ट, कविता जोशी, काजल श्रेष्ठ, विन्दु रावल, रोमा थापा, संगीता राई
नेपालले सेमिफाइनल जिते फाइनलमा यूएईको सामना गर्नेछ । आज सम्पन्न निकै रोमान्चक सेमिफाइनलमा यूएईले ४ रनको जित दर्ता गर्दै प्रिमियर कपको फाइनलमा स्थान पक्का गरेको हो ।
मलेसियाको बायुमास ओभलमा यूएईले प्रस्तुत गरेको ७१ रनको लक्ष्य पछ्याउने क्रममा थाइल्याण्ड ६६ रनमा अलआउट भयो । यूएईले २० ओभरमा ७ विकेट गुमाएर ७० रन जोडेको थियो । जवाफमा ७१ रनको लक्ष्य पछ्याउँदा थाइल्याण्ड ७.५ ओभरमा १५-५ को दयनीय स्थितिमा पुगेको थियो ।
तर छैटौं विकेटका लागि ३५ रनको साझेदारी हुँदा टोली खेलमा फर्कियो । अन्तिम ३ ओभरमा जितका लागि १४ रन आवश्यक हुँदा २ विकेट बाँकी रहेपनि थाइल्याण्ड पराजित हुन पुग्यो ।
अन्तिम ओभरमा ६ रन चाहिएको अवस्थामा पहिलो बलमा १ रन जोडेपछि दोस्रो बलमा थाइल्याण्डले अन्तिम विकेट क्याच आउट हुँदै गुमायो । यससँगै थाइल्याण्डले सेप्टेम्बरमा हुने एसिया कप गुमाउने भएको छ ।
January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा लगातार चौथो जित हासिल गरेको छ । डेजर्टले शनिवार अबुधाबी नाइट राइडर्सलाई ५३ रनले पराजित गरेको छ । डेजर्टले चौथो खेलिसक्दा कुशलले डेब्युको अवसर पाएका छैनन् । १ सय ९४ रनको लक्ष्य पछ्याएको नाइट राइडर्सले १७.४ ओभरमा अल आउट […]
January 18, 2025
सुमन अधिकारी,बुटवल रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा ‘ए’ डिभिजनका खेल सुरु भएका छन् । यसअघि गत मंसिरमा डिभिजन ‘बी’ का खेलह भएका थिए । नेपाल सुपर लिग(एनपिएल) का कारण त्यसबेला ‘बी’ डिभिजनका खेलहरु आयोजना गरिए पनि ‘ए’ डिभिजनका खेल पछि सरेको थियो । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा शनिवार सुरु भएको ‘ए’ डिभिजनको […]
January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) –लुम्बिनी प्रदेशले कैलालीमा जारी प्रधानमन्त्री कप महिला टि ट्वान्टी राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ । शनिवारको दोस्रो खेलमा लुम्बिनीले कर्णालीलाई ७१ रनले हराएको हो । १ सय २७ रनको लक्ष्य पछ्याएको कर्णाली १३ ओभरको अन्तिम बलमा ५५ रन जोड्दै अल आउट भयो । कर्णालीका लागि रमा बुढाथोकीले सर्वाधिक २० रन जोड्नु […]