2 years ago
February 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा नेपालले मलेसियासामु १ सय १६ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ ।
बायुमास ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १५ रन जोड्यो । नेपालले यो खेल जितेर प्रिमियर कपको फाइनलमा पुगेसँगै महिला एसिया कपमा पनि स्थान बनाउनेछ ।
नेपालका लागि कप्तान इन्दु वर्माले सर्वाधिक २९ रनको योगदान दिइन् । ओपनर कविता कुँवरले २३ तथा रुविना क्षेत्रीले २० रन जोडिन् । डली भट्टले १४ बलमा १ चौका र २ छक्कासहित २५ रनको योगदान दिइन् ।
चौथो ओभरमा सीता रानामगर आउट हुँदा नेपाल १०-१ को स्थितिमा थियो । त्यसपछि इन्दु र कविताले ३५ रनको साझेदारी गरे । रन लिने क्रममा समन्वय नहुँदा कविता रनआउट भएकी थिइन् ।
त्यसपछि रुविना र इन्दुले तेस्रो विकेटका लागि ३१ बलमा ३३ रन जोडे । रुविना २ चौका प्रहार गर्दै क्याच आउट भइन् । इन्दु १८ औं ओभरमा ठूलो सट खेल्ने धुनमा स्टम्प्ड आउट भएकी थिइन् ।
नेपालले पछिल्लो खेलबाट टोलीमा दुई परिवर्तन गरेको छ । स्पिनर संगीता राई र उपकप्तान विन्दु रावल टोलीमा आएका छन् । अश्मिना कर्माचार्य र पुजा महतोलाई बाहिर राखिएको छ ।
नेपालको प्लेइङ ११:
कविता कुँवर, सिता रानामगर, इन्दु वर्मा, रुविना क्षेत्री, अप्सरी बेगम, डली भट्ट, कविता जोशी, काजल श्रेष्ठ, विन्दु रावल, रोमा थापा, संगीता राई
नेपालले सेमिफाइनल जिते फाइनलमा यूएईको सामना गर्नेछ । आज सम्पन्न निकै रोमान्चक सेमिफाइनलमा यूएईले ४ रनको जित दर्ता गर्दै प्रिमियर कपको फाइनलमा स्थान पक्का गरेको हो ।

मलेसियाको बायुमास ओभलमा यूएईले प्रस्तुत गरेको ७१ रनको लक्ष्य पछ्याउने क्रममा थाइल्याण्ड ६६ रनमा अलआउट भयो । यूएईले २० ओभरमा ७ विकेट गुमाएर ७० रन जोडेको थियो । जवाफमा ७१ रनको लक्ष्य पछ्याउँदा थाइल्याण्ड ७.५ ओभरमा १५-५ को दयनीय स्थितिमा पुगेको थियो ।
तर छैटौं विकेटका लागि ३५ रनको साझेदारी हुँदा टोली खेलमा फर्कियो । अन्तिम ३ ओभरमा जितका लागि १४ रन आवश्यक हुँदा २ विकेट बाँकी रहेपनि थाइल्याण्ड पराजित हुन पुग्यो ।
अन्तिम ओभरमा ६ रन चाहिएको अवस्थामा पहिलो बलमा १ रन जोडेपछि दोस्रो बलमा थाइल्याण्डले अन्तिम विकेट क्याच आउट हुँदै गुमायो । फाइनल पुग्ने दुई टोली एसिया कप पुग्ने हुँदा थाइल्याण्डले सेप्टेम्बरमा हुने उक्त प्रतियोगिता गुमाउने भएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]