default_image

5 months ago

February 16, 2024

नेपाललाई स्तब्ध पार्दै मलेसिया प्रिमियर कपको फाइनलमा

1756 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली मलेसियाले नेपाललाई हराउँदै एसीसी महिला प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा ४ विकेटको जित दर्ता गर्दै मलेसियाले एसीसी महिला एसिया कपमा पनि स्थान पक्का गरेको छ ।

बायुमास ओभलमा शुक्रबार सम्पन्न खेलमा जितका लागि १ सय १६ रनको लक्ष्य पछ्याएको मलेसियाले अन्तिम ओभरमा जित दर्ता गर्दै उपाधि भिडन्तमा स्थान पक्का गर्न सफल भयो । मलेसियाले १९.५ ओभरमा ६ विकेट गुमाएर आवश्यक रन जोड्यो ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएकी एल्सा हन्टरले अर्धशतक प्रहार गर्दै अन्त्यसम्म मलेसियालाई खेलमा कायम राखेकी थिइन् । उनले अन्तिम ओभरमा २ चौका प्रहार गर्दै जितसम्म पुर्याइन् । उनले ५३ बलमा ६९ रन जोडिन् । यसक्रममा उनले ६ चौका प्रहार गरेकी थिइन् ।

अन्तिम ओभरमा जितका लागि ११ रन चाहिएको अवस्थामा पहिलो र तेस्रो बलमा चौका प्रहार गरेकी एल्साले चौथो बलमा २ रन कुदिन् । पाँचौ बलमा १ रन जोड्दै मलेसियाले जित पक्का गर्यो ।

मलेसियाका लागि मास एलिसाले १३ र मरिया इस्माइलले १६ रन जोडे । वान जुलियाले ८ बलमा ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा स्कोर जोड्न सकेनन् ।

इस्माइल र हन्टरले ३६ रनको साझेदारी गर्दै मलेसियालाई बलियो स्थितिमा पुर्याएपनि कविताले इस्माइलको विकेट लिँदै नेपाललाई खेलमा फर्काइन् । तर त्यसपछि एल्साले इनिङ अघि बढाउँदै जित पक्का गरिन् ।

कविता जोशीले एकै ओभरमा २ विकेट लिँदा सीता रानामगरले २ तथा कविता कुँवर र रुविना क्षेत्रीले १-१ विकेट हात पारे ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १५ रन जोड्यो । नेपालका लागि कप्तान इन्दु वर्माले सर्वाधिक २९ रनको योगदान दिइन् । ओपनर कविता कुँवरले २३ तथा रुविना क्षेत्रीले २० रन जोडिन् । डली भट्टले १४ बलमा १ चौका र २ छक्कासहित २५ रनको योगदान दिइन् ।

चौथो ओभरमा सीता रानामगर आउट हुँदा नेपाल १०-१ को स्थितिमा थियो । त्यसपछि इन्दु र कविताले ३५ रनको साझेदारी गरे । रन लिने क्रममा समन्वय नहुँदा कविता रनआउट भएकी थिइन् ।

त्यसपछि रुविना र इन्दुले तेस्रो विकेटका लागि ३१ बलमा ३३ रन जोडे । रुविना २ चौका प्रहार गर्दै क्याच आउट भइन् । इन्दु १८ औं ओभरमा ठूलो सट खेल्ने धुनमा स्टम्प्ड आउट भएकी थिइन् ।

नेपालले पछिल्लो खेलबाट टोलीमा दुई परिवर्तन गरेको छ । स्पिनर संगीता राई र उपकप्तान विन्दु रावल टोलीमा आएका छन् । अश्मिना कर्माचार्य र पुजा महतोलाई बाहिर राखिएको छ ।

मलेसियाले अब फाइनलमा यूएईको सामना गर्नेछ । आज सम्पन्न निकै रोमान्चक सेमिफाइनलमा यूएईले ४ रनको जित दर्ता गर्दै प्रिमियर कपको फाइनलमा स्थान पक्का गरेको हो ।

मलेसियाको बायुमास ओभलमा यूएईले प्रस्तुत गरेको ७१ रनको लक्ष्य पछ्याउने क्रममा थाइल्याण्ड ६६ रनमा अलआउट भयो । यूएईले २० ओभरमा ७ विकेट गुमाएर ७० रन जोडेको थियो । जवाफमा ७१ रनको लक्ष्य पछ्याउँदा थाइल्याण्ड ७.५ ओभरमा १५-५ को दयनीय स्थितिमा पुगेको थियो ।

तर छैटौं विकेटका लागि ३५ रनको साझेदारी हुँदा टोली खेलमा फर्कियो । अन्तिम ३ ओभरमा जितका लागि १४ रन आवश्यक हुँदा २ विकेट बाँकी रहेपनि थाइल्याण्ड पराजित हुन पुग्यो ।

अन्तिम ओभरमा ६ रन चाहिएको अवस्थामा पहिलो बलमा १ रन जोडेपछि दोस्रो बलमा थाइल्याण्डले अन्तिम विकेट क्याच आउट हुँदै गुमायो । थाइल्याण्डले भने पहिलो पटक एसिया कप गुमाउने भएको छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.