default_image

5 months ago

February 16, 2024

इङ्ल्यान्डको दमदार सुरुवात, आश्विनको ५ सयौं विकेट पूरा

1843 views

0 Bookmark

एजेन्सी – बेन डकेटले शतक प्रहार गरेपछि इङ्ल्यान्डले भारतविरुद्धको तस्रो टेस्टको पहिलो इनिङमा प्रभावशाली प्रदर्शन गरेको छ । राजकोटमा जारी टेस्टको दोस्रो दिन शुक्रबारको खेल सकिँदा इङ्ल्यान्डले २ विकेटको क्षेतिमा २ सय ७ रन बनाएको छ ।

डकेटले ८८ बलमा तेस्रो शतक पूरा गरेका थिए । ८० बलमा ८४ रन बनाएका डकेटले पहिलो विकेटका लागि १ सय २ बलमा ९३ रनको साझेदारी गरेका छन् । दिनको खेल सकिदा डेकेट १ सय १८ बलमा १ सय ३३ रन बनाउँदै नटआउट छन् । उनले २ छक्का र २१ चौका प्रहार गरे । पहिलो इनिङमा इङ्ल्यान्ड २ सय ३८ रनले पछाडि छ । भारतले पहिलो इनिङमा ४ सय ४५ रन बनाएको थियो ।

५ विकेटको क्षेतिमा ३ सय २६ रनबाट भारतले दोस्रो दिनको खेल अघि बढाएको थियो । दिनको पहिलो पाँच ओभरमा कुलदिप यादव र रविन्द्र जडेजा आउट भएका थिए । अघिल्लो दिन १ सय १० रनमा नटआउट रहेका जडेजा १ सय १२ रनमा आउट भएका थिए ।

सोही खेलबाट डेब्यू गरेका ध्रुब जुरेल र रविचन्द्र आविश्नले ७९ रनको साझेदारी गर्दै भारतको इनिङ्सलाई अघि बढाएका थिए । जुरेले ४६, आश्विनले ३७ रन बनाए । जसप्रित बुम्राले २६ रन जोडेका थिए । इङ्ल्यान्डको २ विकेट मोहम्मद सिराज र आश्विनले लिएका थिए ।

ज्याक क्रावेलको विकेट लिदै आश्विनले टेस्ट क्रिकेटमा ५ सय विकेट पूरा गरेका छन् । टेस्ट क्रिकेटमा ५ सय विकेट लिने उनी नवौं खेलाडी बनेका छन् । भारतका लागि अनिल कुम्ब्लेले मात्र टेस्ट क्रिकेटमा आविश्वले भन्दा बढी ६ सय १९ विकेट लिएका छन् । ओली पोपेको विकेट सिराजले लिएका थिए । पाँच टेस्टको श्रृखंलामा १–१ को बराबरी छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.