2 years ago
February 17, 2024
राकेश तिमल्सिना, चितवन
अर्किड इग्लिस स्कुल र वाल्मिकी शिक्षा सदनले एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेटको लिग चरणमा जित निकालेका छन् ।
शनिबार भएको समूह बीको अर्किडले विश्वप्रकाश माविलाई ५४ रनले र समूह एको वाल्मिकीले लक्ष्मी माविलाई ९५ रनले हराएको हो । विश्वप्रकाश र वाल्मिकी दुबैको यो पहिलो जित निकालेका हुन् ।
भरतपुर १५ स्थित निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदान भएको पहिलो खेलमा १ सय ३८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको विश्वप्रकाश मावी १६.३ ओभरमा ८३ रन जोड्दा अलआउट भयो ।
२७ बलमा १ छक्का र ३ चौकासहित सुदिप थापाले सर्वाधिक २४ बनाए । आदित्य बस्नेतले १२ रन जोडे । विश्वप्रकाशको इनिङ्स ध्वस्त बनाउनेक्रममा मन्दिप बराल एक्लैले ६ तथा रोस्मित गुरुङले ३ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको अर्किडले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रन जोड्यो । ४२ बल खेल्दै ६ चौकासहित सर्वाधिक ४१ रन बनाएका सुगम ढुंगाना गौरव लामिछानेको बलमा एलबिडब्लू धरापमा परे ।
ओपनर आयुष न्यौपानेले ३५ बलमा ४ चौका प्रहार गर्दै ३० रन जोडे । बलिङमा विश्वप्रकाशका रेशम काफ्लेले ३ तथा गौरव लामिछानेले २ विकेट लिए ।
४ ओभरमा १ मेडनसहित २० रन खर्चदै ६ विकेट लिएका अर्किडका मन्दिप बराल खेलको प्लेयर अफ द म्याच बने । जितसँगै अर्किडले लिगमा २ अंक जोडेको छ ।
त्यस्तै अर्को खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको वाल्मिकीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ६८ रन बनायो । ४९ बल खेलेका ओपनर आदर्श दुलालले ६ चौका र २ छक्का प्रहार गर्दै ४६ रन बनाए । अर्का ओपनर रोशन भुजेलले २३ तथा युमन कडेलले मध्यक्रममा २४ रन बनाए ।
बलिङमा गुल्सन शर्माले २ तथा भविन्द्र रोकाया, समिर गैरे र सुलभ श्रेष्ठले समान १ विकेट लिए ।
१ सय ६९ रनको विजय लक्ष्य पछ्याउदै ब्याटिङ गरेको लक्ष्मी मावीले १७ ओभरमा अलआउट हुँदै ७३ रन बनायो । कुन्दन यादवले १९ रन बनाए भने समिर गैरले १२ रन जोडे ।
लक्ष्मीलाई सस्तैमा समेट्नेक्रममा एभेन्जल थापाले ५ तथा संयम लामिछानेले २ विकेट लिए । ३ ओभर बलिङ गर्दै १ मेडसहित ४ रन खेर्चेर ५ विकेट लिएका एभेन्जल थापा खेलको प्लेयर अफ द म्याच भए । जितसंगै वाल्मिकीले लिगमा २ अंक जोडेको छ ।
प्रतियोगितामा आइतबार पहिलो खेलमा इडन गार्डेन इग्लिस स्कुलले प्रभात माविसंग प्रतिस्पर्धा गर्नेछ । अर्को खेलमा नारायणी नमुना मावि र मावी गंगानगर आमनेसामने हुनेछन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]