default_image

5 months ago

February 18, 2024

दुवै ओपनरसँगै कप्तान विनोद आउट

2455 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ का कप्तान विनोद भण्डारीसँगै दुवै ओपनर क्यानडा-११ विरुद्ध जारी खेलमा आउट भएका छन् ।

नेपाल ‘ए’ २५ ओभरमा ४ विकेट गुमाएर ९० रनको अवस्थामा छ । क्रिजमा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका राशीद खान र किरण ठगुन्ना छन् । राशिदले ३८ बलमा २ चौकासहित २० रन जोडेका छन् । किरण ४ बलमा २ रन जोडेर खेलिरहेका छन् ।

ओपनरद्वय अर्जुन कुमाल र मयन यादवले पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए । आठौं ओभरको पाँचौ बलमा अर्जुन क्यानडाका कप्तान साद बिन जफरबाट क्याच आउट भए । उनले १४ बलमा ४ रन जोडे ।

पहिलो विकेट खसेपछि भने नेपालको रनगति रोकिएको थियो । १५ औं ओभरमा टिमको स्कोर ५१ रन हुँदा मयन यादव आउट भए । हर्ष ठाकरले मयनलाई कट बिहाइन्ड गराए । उनले ५६ बलमा ४ चौका र १ छक्कासहित ३५ रन जोडे ।

त्यसपछि कप्तान विनोद भण्डारी १८ औं ओभरमा आउट भए । उनी विपक्षी कप्तान सादको बलमा एलबीडब्लू आउट भए । उनले ११ बलमा १ चौकासहित ५ रन बनाए ।

सन्दीप जोरा २४ औं ओभरमा पेभेलियन फर्किए । २५ बलमा २ चौकासहित १४ रन जोडेका उनी शहिद अहमदजाईको बलमा लङ अनमा क्याच आउट भए ।

मुलपानी क्रिकेट मैदानमा क्यानडाका कप्तान साद बिन जफरले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका हुन् । नेपालको लागि कप्तान विनोद भण्डारी रहेका छन् ।

नेपालले यू१९ टोलीका ओपनर अर्जुन कुमाललाई ओपनरमा खेलाउँदा मधेश प्रदेशका मयन यादव उनको साथमा आएका थिए । त्यस्तै राशीद खान तेस्रो नम्बरमा आएका थिए ।

नेपालको प्लेइङ११ : विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, बसीर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, प्रतिश जिसी, राशीद खान, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा

बेन्च : शेर मल्ल, रिजन ढकाल, सुजन थपलिया, हेमन्त धामी

क्यानडा : आरोन जोन्सन, नवनित धलिवल, डिलोन हेलिगर, दिलप्रित बज्वा, हर्ष ठाकर, साद बिन जफर (कप्तान), सहिद अहमदजाई, श्रेयास मोभा, सृमन्थ विजयरत्ने, इश्वरजोत सोहि, निखिल दत्त

बेन्च: निकोलस किर्तन, पर्गत सिंह, उदय भगवान सिंह, कालिम साना

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.