default_image

2 years ago

February 18, 2024

अन्तरपालिका क्रिकेटः गौरादह र मेचीनगर सेमिफाइनलमा

703 views

0 Bookmark

हिमाल खरेल, बिर्तामोड

गौरादह नगरपालिका र मेचीनगर नगरपालिका प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् ।

बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा जारी प्रतियोगिताको आइतबार पहिलो क्वार्टरफाइनल खेलमा गौरादहले गौरीगञ्ज गाउँपालिकालाई ३३ रनले पराजित गरेको हो । पहिले ब्याटिङ रोजेको गौरादहले २० ओभरमा १ सय ५४ रन बनाएको थियो ।

१ सय ५५ रनको लक्ष्य पछ्याएको गौरीगञ्जले १० विकेट गुमाउँदै १ सय २१ रन मात्र बनायो । गौरीगञ्जका लागि ५१ बलमा ८१ रन बनाएका विशाल थापा प्लेयर अफ दि म्याच घोषित भए ।

त्यस्तै, दोस्रो क्वार्टर फाइनलमा मेचीनगरले कनकाई नगरपालिकालाई ९१ रनले पराजित गरेको छ । पहिले ब्याटिङ रोजेको मेचीनगरले १९.१ ओभरमा १० विकेट गुमाउँदै १ सय ६६ रन बनाएको थियो ।

१ सय ६७ रनको लक्ष्य पछ्याएको कनकाईले १० विकेट गुमाउँदै ७५ रन बनाएको थियो । ३ विकेट लिँदै ३२ रन बनाएका मेचीनगरका आसिक राना मगर प्लेयर अफ दि म्याच घोषित भए ।

झापाका १५ वटै पालिकाको सहभागिता रहेको प्रतियोगितामा विजेताले १ लाख र दोस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

November 7, 2025

अफगानिस्तानसँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले हङकङ सिक्सेसको आफ्नो पहिलो खेलमा खेलमा पराजित भएको छ। नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ। जितका लागि १ सय १३ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । ओपनर सन्दी‌प‌ जोराले अर्धशतक बनाएपनि नेपालले जित निकाल्न सकेन । १४ बलमा ८ छक्का र […]

November 7, 2025

हङकङ सिक्सेस -नेपाललाई चुनौतीपूर्ण लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले हङक सिक्सेसमा‌ अफगानिस्तानबाट १ सय १३ रनको लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेट गुमाउँदै १ सय १२ रन बनाएको छ। नेपालका लागि राशिद खानले ह्याट्रिकसहित ४ विकेट लिए। अर्को विकेट लोकेश बमले लिए।  

November 6, 2025

जनकपुर बोल्ट्सको ‘गुडविल एम्बासडर’ मा निखिल

काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले कलाकार निखिल उप्रतीलाई नेपाल प्रिमियर लिग (एनपिएल ) सिजन २ का लागि आफ्नो ‘गुडविल एम्बासडर’ बनाएको छ । यो साझेदारीले खेल, कला र प्रेरणाको शक्तिलाई एकै ठाउँमा जोड्दै जनकपुर बोल्ट्सको ब्रान्ड र पहिचानलाई अझ सशक्त बनाउने विश्वास टोलीले व्यक्त गरेको छ । चन्द्रागिरीबाट प्याराग्लाइडिङ स्टन्ट गराउदै जनकपुर बोल्ट्सले […]

Success

Thank you for your time.