default_image

5 months ago

February 19, 2024

दत्तको सर्वोत्कृष्ट बलिङमा नामिबियाको सामान्य योगफल 

2469 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – स्पिनर आर्यन दत्तले नेदरल्याण्ड्सका लागि सर्वोत्कृष्ट ओडीआई बलिङ प्रदर्शन गरेपछि नामिबियाले आईसिसि लिग-२ अन्तर्गतको खेलमा सामान्य योगफल खडा गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले ३५.१ ओभरमा सबै १० विकेट गुमाउँदै १२३ रन बनाएको हो । नामिबियालाई सस्तैमा समेट्न दत्त एक्लैले नेदरल्याण्ड्सका लागि उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ९ ओभरमा ३४ रन खर्चिंदै ६ विकेट लिए । यो नेदरल्याण्ड्सका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वोत्कृष्ट बलिङ प्रदर्शन समेत हो । 

यस्तै काइल क्लाइनले ५.१ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । रुलफ भ्यान डर मर्वा र म्याक्स ओ’डाउडले समान एक-एक विकेट लिए ।

नामिबियाका लागि जेजे स्मिटलले ४६ बलमा १ चौका र २ छक्का सहित सर्वाधिक २६ रन बनाए । उनलाई म्याक्स ओ-डाउडले २८औ ओभरमा आठौ विकेटका रुपमा आउट गरेका थिए । यस्तै तल्लोक्रमका ब्याटर रुबेन ट्रम्पलम्यानले ३९ बल खेल्दै १ छक्कासहित २० रन बनाए । उनी भने रुलफ भ्यान डर मर्वाको बलमा कप्तान स्कट एडवार्ड्सद्वारा स्टम्प आउट गरेका थिए ।  

नामिबियाको शीर्षक्रमका कुनै ब्याटर चल्न सकेनन् । ओपनर निकोलास डाभिन आठौं ओभरमा १८ बल खेल्दै १३ रन बनाएर पहिलो विकेटका रुपमा पेभेलियन फर्किएका थिए । उनलाई काइल क्लाइनले आउट गरेका थिए । तेस्रो नम्बरमा आएका माइकल भ्यान लिंगेन ४ रन बनाएर दत्तको बलमा आउट भए ।

ओपनर जेपी कोट्जे ३० बल खेलेर ५ रन बनाउँदै दत्तकै बलमा बोल्ड भए । ज्यान फ्राईलिंकलाइ पनि दत्तले शुन्यमा आउट गराए । कप्तान जेरार्ड इरासमसले ३ चौका प्रहार गर्दै ११ बलमा १३ रन बनाएपछि दत्तकै बलमा साइब्राण्ड एङ्गलब्रेक्टलाई क्याच दिन पुगे ।

ज्यान निकोल लोफ़्टि-इटन पनि शुन्यमा दत्तकै बलमा बोल्ड भए । जेन ग्रिनलाई दत्तले १९ रन बनाएको अवस्थामा क्याच आउट गराए । त्यसपछि अन्तिम विकेटका रुपमा बर्नार्ड स्कोल्ज १२ रन बनाएर क्लाइनको बलमा बोल्ड भयेपछि इनिङ समाप्त भयो ।

नेदरल्याण्ड्स आफ्नो पहिलो खेलमा शनिवार नेपाल विरुद्ध ९ विकेटले पराजित भएको थियो । नामिबियाले भने पहिलो खेलमा नेपाल माथि ४ विकेटको जित दर्ता गर्दै सुखद सुरुवात गरेको थियो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.