default_image

5 months ago

February 19, 2024

एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन सर्यो

922 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रुपन्देहीको तिलोत्तमामा निर्माणाधीन एक्स्ट्राटेक ओभल अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन दुई साता पछि सरेको छ । अब फागुन २८ गते उद्घाटन हुने भएको छ । यसअघि फागुन १४ गते गर्ने भनिएका छन् ।

काठमाडौंमा चलिरहेको आइसीसी विश्वकप लिग २ र त्यसपछि हुने टि–२० क्रिकेट सिरिजका कारण नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारी र केही पूर्व क्रिकेटर फागुन १४ गते सहभागी हुन नसक्ने अवस्था सिर्जना भएपछि कार्यक्रम २८ गतेका लागि सारिएको हो ।

एक्स्ट्राटेक ओभलका निर्देशक विनोद कुँवरले सोमवार विज्ञप्ति निकालेर उद्घाटन कार्यक्रम सारिएको जानकारी दिएका छन् । उनले सार्नुको कारण कार्यक्रमलाई भव्य र सफल पार्नु नै रहेकोले त्यसै अनुसार बुझिदिन अनुरोध गरेका छन् ।

उद्घाटनको दिन ४टोलीबीच तिलोत्तमा एक्स्ट्राटेक लेजेण्ड्स कप क्रिकेट प्रतियोगिता हुने यसअघि नै सार्वजनिक भइसकेको छ । यसमा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको १९९६ को टोली, रुपन्देही लेजेन्ड्स, सन् २०१४ को टि विश्वकप खेलेको टोली र रेस्ट अफ नेपाल गरेर ४ टोलीले सहभागिता रहने बताइएको छ ।

क्यानका सचिव पारस खड्काले २०१४ टोलीको कप्तानी गर्नेछन् । १९९६ को कप्तानमा एलबी क्षेत्री, रेस्ट अफ नेपालमा कलाम अली तथा रुपन्देही लेजेन्ड्समा हरिबहादुर थापा कप्तान रहनेछन् ।

हाल अष्ट्रेलियाको सिडनीमा बस्दै आएका गुल्मीका युवा व्यवसायी कुँवरले रुपन्देहीको तिलोत्तमा नगरपालिका १७ मा ४० करोड रुपैयाँ भन्दा बढीको लगानीमा एक्स्ट्राटेक ओभल रंगशाला बनाईरहेका छन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.