default_image

5 months ago

February 19, 2024

एपिएफबाट पिएम कप खेलेका चन्दन यू-१६ मा सर्वोत्कृष्ट

791 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबको सिनियर क्रिकेट टोलीबाट प्रधानमन्त्री कप खेलेका चन्दन राम मनमोहन स्मृति यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।

पोखरास्थित रंगशाला परिसरको क्रिकेट मैदानमा सम्पन्न फाइनलमा मधेश प्रदेशले सुदूरपश्चिमलाई हराउँदै उपाधि जित्दा चन्दन सर्वोत्कृष्ट खेलाडी चुनिए । सोमबार सम्पन्न फाइनलमा मधेश ५ विकेटको जित दर्ता गर्दै च्याम्पियन बनेको हो ।

मधेशको च्याम्पियन यात्रामा अलराउन्ड प्रदर्शन गर्दै चन्दन प्लेयर अफ द म्याच चुनिए । उनले ब्याटिङतर्फ ५ खेलमा ८३ रन जोडेका थिए । यसक्रममा उनले सर्वाधिक स्कोर नटआउट ५९ रन जोडेका थिए । बलिङतर्फ पनि ५ ओभरमा उनले ४.१ को इकोनोमीमा १० विकेट लिएका थिए ।

चन्दनले गत महिना सम्पन्न प्रधानमन्त्री कपमा एपिएफको सिनियर टोलीबाट खेलेका थिए । तीव्र गतिका बलर पुरण विक घाइते भएपछि एपिएफले उनलाई अवसर दिएको थियो । सिनियर क्रिकेटको डेब्यु खेलमा नै चन्दनले सुदूरपश्चिमविरुद्ध ५ विकेट लिएका थिए । उनले एपिएफका लागि अन्तिम २ खेल खेलेका थिए ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.