default_image

5 months ago

February 19, 2024

अन्तरपालिका क्रिकेटः बिर्तामोड र कचनकवल सेमिफाइनलमा

189 views

0 Bookmark

हिमाल खरेल,बिर्तामोड
बिर्तामोड नगरपालिका र कचनकवल गाउँपालिका प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन्

बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा जारी प्रतियोगितामा सोमबार तेस्रो क्वार्टर फाइनलमा बिर्तामोडले भद्रपुर नगरपालिकालाई ५ रनले पराजित गरेको छ ।

पहिले ब्याटिङ राजेको बिर्तामोडले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५४ रनको योगफल बनाएको थियो ।

१ सय ५५ रनको लक्ष्य पछ्याएको भद्रपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४९ रन मात्र बनाउन सक्यो ।

बिर्तामोडका लागि ४ ओभर बलिङ गर्दै १६ रन दिएर ५ विकेट लिएका सुमित न्यौपाने खेलको प्लेयर अफ दि म्याच घोषित भए ।

त्यस्तै, अन्तिम क्वार्टर फाइनल खेलमा कचनकवल गाउँपालिकाले कमल गाउँपालिकालाई ३ विकेटले जित्यो ।

पहिले ब्याटिङ रोजेको कमलले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय ६६ रन बनाएको थियो ।

१ सय ६७ रनको लक्ष्य पछ्याएको कचनकवलले ७ विकेट गुमाउँदै १८.१ ओभरमा लक्ष्य प्राप्त गर्यो । कचनकवलका लागि ४० बलमा ६९ रन बनाएका रोशन चौहान खेलको प्लेयर अफ दि म्याच घोषित भए ।
फागुन ९ गतेको पहिलो सेमिफाइनलमा मेचीनगर नगरपालिका र कचनकवल गाउँपालिका प्रतिस्पर्धा गर्ने छन् ।

फागुन १० गते दोस्रो सेमिफाइनल खेल बिर्तामोड नगरपालिका र गौरादह नगरपालिकाबीच हुनेछ ।
झापाका १५ वटै पालिकाको सहभागिता रहेको प्रतियोगितामा विजेता टोलीले १ लाख‌ र ५० हजार रुपैया प्राप्त गर्नेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.