default_image

11 months ago

February 19, 2024

नेपालले भारतको स्टेट टिमसँग टि२० सिरिज खेल्ने

4840 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको सिनियर राष्ट्रिय क्रिकेट टोलीले टि२० विश्वकपको तयारीस्वरूप भारतको स्टेट टोलीसँग प्रतियोगिता खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको तालिका अनुसार नेपालको राष्ट्रिय टोलीसँगै बरोडा र गुजरात क्रिकेट संघको टोलीले त्रिकोणात्मक टि२० प्रतियोगिता खेल्नेछन् । उक्त प्रतियोगिता मार्च ३१ देखि अप्रिल ७ सम्म चल्नेछ ।

क्यानका क्रिकेट म्यानेजर विनोद दासका अनुसार नेपालको सिनियर राष्ट्रिय क्रिकेट टोलीले नै उक्त प्रतियोगिता खेल्नेछ । टि२० विश्वकपको लागि तयारी गर्ने लक्ष्यसहित प्रतियोगितामा नेपालले सहभागिता जनाएको हो । भारतमा हुने प्रतियोगिता ओमानमा अप्रिल १० देखि सुरु हुने एसीसी प्रिमियर कपको तयारीको रुपमा पनि रहनेछ ।

नेपालको सिनियर टोलीले फेब्रुअरी २७ देखि मार्च ५ सम्म टियु मैदानमा नेदरल्यान्ड्स र नामिबियासँग सिरिज खेल्दैछ । त्यसपछि टोली हङकङ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । त्यहाँ ओमान, पिएनजी र स्थानीय टोलीसँग क्वाड्रान्गुलर सिरिज खेलेपछि नेपाल भारत प्रस्थान गर्नेछ ।

टि२० विश्वकप जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा सुरु हुँदैछ । नेपाल रहेको समूह ‘डी’ मा दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन् ।

January 13, 2025

च्याम्पियन्स ट्रफीका लागि अफगानिस्तानको टोली घोषणा

एजेन्सी – पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएई) मा हुने च्याम्पियन्स ट्रफीका लागि अफगानिस्तानको टोली घोषणा भएको छ । आइतवार अफगानिस्तान क्रिकेट बोर्डले हशमतुल्लाह साहिदीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । अफगानिस्तानको एकदिवसीय टोलीमा ओपनर इब्राहिम जादरानले पुनरागमन गरेका छन् । अफगानिस्तानको च्याम्पियन्स ट्रफीमा यो पहिलो सहभागीता रहेको छ । अफगानिस्तानले पाकिस्तानका पूर्व […]

January 12, 2025

शकिब, लिटनबिना बंगलादेशको च्याम्पियन्स ट्रफी टोली घोषणा

एजेन्सी – शकिब अल हसन र लिटन दासबिना बंगलादेशले च्याम्पियन्स ट्रफीका लागि टोली घोषणा गरेको छ । बंगलादेश क्रिकेट बोर्डले आइतवार नजमल हसन शान्तोको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । भारतमा सन् २०२३ मा भएको एकदिवसीय विश्वकपमा विकेटकिपर ब्याट्सम्यानका रुपमा टोलीमा रहेका लिटन यस पटक टोलीमा अटाएनन् । लिटनले पछिल्ला १३ इनिङमा अर्धशतक […]

January 12, 2025

जाधवले बनाइन् ५० ओभरको खेलमा ३ सय ४६ रन !

एजेन्सी – भारतकी १४ वर्षीया इरा जाधवले १ सय ५७ बलमा अविजित ३ सय ४६ रन बनाएकी छिन् । भारतमा जारी महिला यू–१९ एकदिवसीय ट्रफीमा मुम्बईबाट खेलेकी जाधवले मेघालयविरुद्ध नट आउट ३ सय ४६ रन बनाएकी हुन् । मुम्बईले मेघालयविरुद्ध ३ विकेटको क्षतिमा ५ सय ६३ रन बनाएको थियाे । जाधव ४२ चौका र १६ […]

Success

Thank you for your time.