default_image

5 months ago

February 20, 2024

नेपाल ‘ए’ को रोमान्चक जितसँगै सिरिज बराबर

6731 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडा-११ लाई एकदिवसीय सिरिजको दोस्रो खेलमा २ विकेटले पराजित गर्दै नेपाल ‘ए’ ले सिरिज बराबर गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा क्यानडा-११ ले प्रस्तुत गरेको २ सय ४१ रनको लक्ष्य नेपाल ‘ए’ ले ४९.१ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा बसिर अहमदले नटआउट अर्धशतक प्रहार गरे ।

तल्लोक्रममा राशीद खानसँग महत्त्वपूर्ण साझेदारी गरेका उनले विजयी रन प्रहार गरेका थिए । बसिरले ७३ बलमा ५२ रन जोड्ने क्रममा ४ चौका र १ छक्का प्रहार गरे ।

नेपालको जितसँगै ३ खेलको सिरिज १-१ को बराबरीमा पुगेको छ । पहिलो खेलमा क्यानडा-११ ले ४ विकेटको जित दर्ता गरेको थियो । अन्तिम तथा निर्णायक खेल विहीबार मुलपानी मैदानमै हुनेछ ।

नेपालले इनिङको पहिलो बलमा मयन यादवलाई गुमाएको थियो । नेपालमा पहिलो खेल खेलिरहेका अमर खालिदले उनलाई एलबीडब्लू धरापमा पारेका थिए । तेस्रो ओभरमा शेर मल्ल पनि आउट भए । उनी ११ बलमा १ चौकासहित ७ रन जोड्दै खालिदकै बलमा कट बिहाइन्ड भए । त्यसबेला नेपाल १३-२ को स्थितिमा थियो ।

त्यसपछि कप्तान सन्दीप जोरा र अर्जुन कुमालले तेस्रो विकेटका लागि १ सय ४ रनको साझेदारी गर्दै नेपाललाई खेलमा फर्काए । अर्जुन २५ औं ओभरको पाँचौ बलमा क्याच आउट भएपछि साझेदारी तोडियो । उनले ६४ बलमा ३ चौकासहित ४० रन जोडे ।

अर्जुन आउट भएको २ बलपछि नै सन्दीप पनि पेभेलियन फर्किए । साद बिन जफरको बलमा अम्पायर कट बिहाइन्ड आउट दिएपछि उनी असन्तुष्ट व्यक्त गर्दै बाहिरिएका थिए । ७४ बलको सामना गर्दै उनले ७ चौका र १ छक्का प्रहार गरे । उनि आउट हुँदा नेपाल ११७-४ को स्थितिमा पुग्यो ।

किरण ठगुन्ना १७ बलमा १३ रन जोड्दै हर्ष ठाकरको बलमा बोल्ड भए । त्यसपछि छैटौं विकेटका लागि राशीद खान र बसिर अहमदले ७७ रनको साझेदारी निर्माण गरे ।

राशीद ४६ औं ओभरमा आउट हुँदै लगातार दोस्रो खेलमा अर्धशतक बनाउनबाट चुके । साहिद अहमदजाईको बलमा क्याच आउट हुनुअघि उनले ५१ बलमा ३ चौका र २ छक्कासहित ४७ रनको योगदान दिए । यसअघि पहिलो खेलमा उनले ४० रन बनाएका थिए ।

अर्को ओभरमा चोट बोकेका विवेक यादव १ रनमै आउट भए । त्यसको २ बलपछि साहब आलम पनि गोल्डेन डक आउट हुँदा नेपाल संकटमा परेको थियो ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको क्यानडा-११ ले निर्धारित ४९.५ ओभरमा अलआउट हुँदै २ सय ४० रन बनायो । राम्रो सुरुवात गरेको क्यानडाले मध्यक्रममा स्पिनविरुद्ध रनको लागि संघर्ष गरेको थियो ।

श्रेयस मोभाले मध्यक्रममा उत्कृष्ट ब्याटिङ गर्दै ८२ बलमा ६८ रन जोडे । ५ चौका प्रहार गरेका उनी अन्तिम ओभरमा मिड अफमा क्याच आउट भएका थिए ।

मोभासँगै क्यानडाका लागि ओपनरद्वय आरोन जोन्सन र सृमन्थ विजयरत्नेसँगै नवनित धलिवलले राम्रो ब्याटिङ गरे । नेपालका लागि साहब आलमले ३ विकेट लिए । शेर मल्ल र राशीद खानले २-२ तथा सागर ढकाल र बसिर अहमंदले १-१ विकेट लिए ।

पहिलो विकेटको लागि ६४ रनको साझेदारी गरेपछि १२औं ओभरको तेस्रो बलमा आरोन जोन्सन आउट भए । उनी सागर ढकालको एलबीडब्लु धरापमा परे । जोन्सनले ३८ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । १५ औं ओभरको तेस्रो बलमा निकोलस किर्तन ७ रन जोड्दै साहब आलमको बलमा बोल्ड भए ।

विजयरत्नेले २१ रनमा रहँदा जीवनदान पाएका थिए । सागर ढकालले फालेको दशौं ओभरको पाँचौ बलमा कभरमा रहेका विवेक यादवले डाइभ दिँदै क्याच समाउन सकेनन् । उनी २० औं ओभरमा शेर मल्लको एलबीडब्लु धरापमा परे । उनले ५७ बलमा ६ चौकासहित ४६ रन बनाए ।

हर्ष ठाकर ८ रन जोड्दै बसिर अहमदको बलमा एलबीडब्लु आउट भए । त्यसबेला क्यानडा १०४-४ को स्थितिमा थियो । पाँचौ विकेटका लागि धलिवल र मोभाले ६६ रनको साझेदारी गरे । धलिवल ४६ रन जोड्दा साहबको बलमा बोल्ड हुँदा लगातार अर्धशतक बनाउनबाट चुके ।

कप्तान साद खाता नखोली शेर मल्लकै शिकार बने । निखिल दत्तले ८ र डिलोन हेलीगरले १६ रनको योगदान दिए ।

नेपाल ‘ए’ का कप्तान सन्दीप जोराले टस जितेर फिल्ड गर्ने निर्णय लिएका थिए । नियमित कप्तान विनोद भण्डारी बिरामी भएका कारण उपस्थित नहुँदा सन्दीपले कप्तानी गरे ।

नेपाल ‘ए’ टोलीमा दुई परिवर्तन गर्दा विनोद भण्डारी र प्रतिश जिसीको स्थानमा शेर मल्ल र रिजन ढकाल आएका थिए । विनोद बिरामी परेका कारण मैदानमा आएनन् ।

नेपालको प्लेइङ११ : अर्जुन कुमाल, बसीर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, राशीद खान, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा (कप्तान), शेर मल्ल, रिजन ढकाल

बेन्च : सुजन थपलिया, हेमन्त धामी, विनोद भण्डारी, आशुतोष घिरैया, प्रतिश जिसी

क्यानडा-११ : आरोन जोन्सन, नवनित धलिवल, निकोलस किर्तन, डिलोन हेलिगर, हर्ष ठाकर, साद बिन जफर (कप्तान), सहिद अहमदजाई, श्रेयास मोभा, सृमन्थ विजयरत्ने, निखिल दत्त, अमर खालिद

बेन्च: दिलप्रित बज्वा, पर्गत सिंह, उदय भगवान सिंह, इश्वरजोत सोहि

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.