default_image

2 months ago

February 21, 2024

नेपालले टस हार्यो

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्ध सिरिजको तेस्रो खेलमा नेपालले टस हारेर ब्याटिङ गर्नेछ । नामिबियाका कप्तान जेरार्ड इरासमसले टस जितेर पहिले बलिङ रोजेका छन् ।  नेपालले आज करण केसीलाई खेलाएको छ । पछिल्लो खेलबाट गुलशन झा बाहिर छन् । नेपालले पहिलो खेलमा नामिबिया विरुद्ध ४ विकेटको हार बेहोरेको थियो भने […]

4263 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्ध सिरिजको तेस्रो खेलमा नेपालले टस हारेर ब्याटिङ गर्नेछ । नामिबियाका कप्तान जेरार्ड इरासमसले टस जितेर पहिले बलिङ रोजेका छन् । 

नेपालले आज करण केसीलाई खेलाएको छ । पछिल्लो खेलबाट गुलशन झा बाहिर छन् ।

नेपालले पहिलो खेलमा नामिबिया विरुद्ध ४ विकेटको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । नामिबिया भने आफ्नो दोस्रो खेलमा डच टोलीविरुद्ध पराजित भएको थियो ।

नेपालको टोली : रोहित पौडेल, आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी, ललित राजवंशी

बेन्च : आरिफ शेख, पवन सर्राफ, सूर्य तामाङ, गुलशन झा

नामिबियाको टोली : जेरार्ड एरास्मस (कप्तान), जेन ग्रिन (विकेटकिपर), जेजे स्मिट (उपकप्तान), माइकल भान लिंगेन, निकोल लोफ्टि-इटन, जान फ्रिलिंक, रुबेन ट्रम्पलम्यान, निको डाभीन, ज्याक ब्रासेल, बर्नार्ड स्कोल्ज, जेपी कोट्जे

बेन्च : मलान क्रुगर, बेन शिकोंगो, सन फौसी, टांगेनी लुंगामेनी

April 15, 2024

हङकङलाई हराउँदै नेपाल प्रिमियर कपको सेमिफाइनलमा

मस्कट (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को तेस्रो खेलमा हङकङलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ । अल अमेरत मैदानमा जितका लागि १ सय १५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले २ विकेट गुमाउँदै १३ औं ओभरमा लक्ष्य पूरा गर्यो । सुरुवाती जोडीले आक्रामक सुरुवात दिलाएपछि नेपालले […]

April 15, 2024

नेपाललाई हङकङको सामान्य लक्ष्य

मस्कट (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को तेस्रो खेलमा हङकङविरुद्ध जितका लागि १ सय १५ रनको सामान्य लक्ष्य पाएको छ । अल अमेरत मैदानमा टस जितेर हङकङलाई ब्याटिङको निम्तो दिएको नेपालले उत्कृष्ट बलिङ र फिल्डीङ प्रदर्शन गर्यो । वर्षाका कारण केही ढिलो सुरु भएको खेल १८ ओभरमा […]

April 15, 2024

नेपालले टस जित्यो, खेल १८ ओभरको हुने

मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपाल र हङकङ खेल्दैछन् । वर्षाका कारण १८ ओभरको खेल १२:४५ बजे सुरु हुनेछ । नेपालले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएको छ । टोलीमा एक परिवर्तन भएको छ । पछिल्लो खेलबाट विवेक यादवको स्थानमा करण केसी टोलीमा आएका छन् […]

Success

Thank you for your time.