default_image

1 year ago

February 22, 2024

क्यानडा-११ लाई नेपाल ए को सामान्य लक्ष्य

2855 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एकदिवसीय सिरिजको तेस्रो तथा निर्णायक खेलमा नेपाल ए ले क्यानडा-११ लाई जितका लागि १ सय ८२ रनको सामान्य योगफल खडा गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ४७ औं ओभरमा अलआउट हुँदै १ सय ८१ रन जोड्यो । नेपालका ७ ब्याटरले १९ रनभन्दा माथि जोडेपनि कसैले ३० रन कटाउन सकेनन् ।

पहिलो विकेटका लागि ५४ रनको साझेदारी पाएको नेपालका लागि सर्वाधिक साझेदारी नै त्यहि रह्यो । ब्याटरहरुले राम्रो सुरुवात पाएपनि त्यसलाई ठूलो स्कोरमा बदल्न सकेनन् ।

ओपनर आशुतोष ४३ बलमा २८ रन जोड्दै साद बिन जफरको बलमा स्टम्पिङ आउट भएका थिए । लगत्तै अर्को ओभरमा शेर मल्ल खाता नखोली निकोलस किर्तनको एलबीडब्लू धरापमा परे ।

२१ औं ओभरमा अर्जुन कुमाल पनि स्टम्पिङ आउट भए । उनले ५३ बलमा २ चौकासहित २७ रन जोडे । २४ औं ओभरमा कप्तान सन्दीप कट बिहाइन्ड भए । उनले २८ बलमा ३ चौका र १ छक्कासहित २४ रन बनाए । उनी आउट हुँदा नेपाल ८७-४ को स्थितिमा थियो ।

राशीदले खान २५ बलमा १९ रन जोडे । सुजन थपलियाले किर्तनको बलमा एलबीडब्लू आउट हुनुअघि ५१ बलमा २० रन बनाए ।

बसिर अहमद ४० बलमा ३ चौकासहित २५ रन जोड्दै रनआउट भएपछि नेपाल संकटमा परेको थियो । त्यसपछि प्रतिश २० बलमा १९ रन जोड्दै हर्षको बलमा क्याच आउट भए । लगत्तै अर्को बलमा साहब आलम गोल्डेन डक आउट भए । अन्तिम विकेटका रुपमा हेमन्त ६ रनमा रनआउट भएका थिए ।

नेपालले आजको खेलका लागि टोलीमा ४ परिवर्तन गरेको छ । मयन यादव, किरण ठगुन्ना, रिजन ढकाल र विवेक यादव बेन्चमा छन् । आशुतोष घिरैया, हेमन्त धामी, सुजन थपलिया र प्रतिश जिसी टोलीमा आएका छन् ।क्यानडा-११ ले टोलीमा दुई परिवर्तन गरेको शह । दिलप्रित बज्वा र कलीम साना टोलीमा आएका छन् ।

कलीम नेपाल भ्रमणमा पहिलो पटक खेल्न लागेका हुन् ।पहिलो खेलमा क्यानडाले ४ विकेटको जित दर्ता गरेको थियो । दोस्रो खेलमा नेपाल विजयी भएको थियो ।खेलको प्रत्यक्ष प्रसारण क्यानको जिल्ला/प्रदेश फेसबुक पेजबाट गरिएको छ ।

नेपालको प्लेइङ११ : अर्जुन कुमाल, बसीर अहमद, राशीद खान, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा (कप्तान), शेर मल्ल, सुजन थपलिया, हेमन्त धामी, आशुतोष घिरैया, प्रतिश जिसीबेन्च : रिजन ढकाल, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, विनोद भण्डारी

क्यानडा-११ : आरोन जोन्सन, नवनित धलिवल, निकोलस किर्तन, डिलोन हेलिगर, हर्ष ठाकर, साद बिन जफर (कप्तान), सृमन्थ विजयरत्ने, निखिल दत्त, अमर खालिद, कलीम साना, दिलप्रित बज्वा

बेन्च: श्रेयस मोभा, पर्गत सिंह, उदय भगवान सिंह, सहिद अहमदजाई

June 14, 2025

सोनुको अद्भुत अलराउन्ड प्रदर्शनमा मेलम्ची समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – पाँचपोखरी थाङपाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा जारी जिल्ला स्तरीय पाँचपोखरी टि२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा समूह ‘ए’ बाट पाँचपोखरी क्रिकेट क्लब र द माइटी साँगाचोक क्लब तथा समूह ‘बी’बाट मेलम्ची नगरपालिका र भोटेचौर स्पोर्टस क्लबले अन्तिम चारको यात्रा तय […]

June 14, 2025

दक्षिण अफ्रिका वर्ल्ड टेस्ट च्याम्पियन

एजेन्सी – दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ। दक्षिण अफ्रिकाले लामो समयदेखि प्रतीक्षित अन्तर्राष्ट्रिय उपाधि जित्ने सपना पूरा गरेको छ। दक्षिण अफ्रिकाको सिनियर क्रिकेट टोलीले सन् १९९८ पछि पहिलो पटक आइसिसी उपाधि जितेको हो। दक्षिण अफ्रिकाले जितको लागि दोस्रो इनिङ्समा २ सय ८२ रनको लक्ष्य पाएको थियो। चौथो […]

June 14, 2025

मधेशलाई टिबी शाह यु १६ क्रिकेट उपाधि

सुर्खेत (हाम्रो खेलकुद)- मधेश प्रदेशले टिबी शाह स्मृति प्रथम यु १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। वीरेन्द्रनगरको‌ कालुंगचोक मैदानमा शनिवार भएको फाइनलमा बागमतीलाई ७ विकेटले हराउँदै मधेशले उपाधि जितेको हो। लिग चरणमा बागमतीले मधेशलाई हराएको थियो। १ सय १३ रन लक्ष्य पछ्याएको मधेशले‌ १३.४ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो। ओपनर आयान […]

Success

Thank you for your time.