default_image

5 months ago

February 24, 2024

एक्सपर्ट भरतपुर मेयर्स कप- अर्किड समूह विजेता

328 views

0 Bookmark

चितवन (हाम्रो खेलकुद)– एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको लिगमा चरणमा लगातार जितसंगै अर्किड सेकेण्डरी स्कुल सेमिफाइनल प्रवेश गरेको छ । लक्ष्मी माविले सान्त्वना जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ ।

आफ्नो लिग चरणको अन्तिम खेलमा शनिबार इडेन गार्डेन स्कुललाई १ सय ८ रनले पराजित गर्दै समूह ‘बी’को विजेताको रुपमा सेमिफाइनल स्थान सुरक्षित गरेको हो ।

अर्किड लिग चरणमा सनराइन इङलिस स्कुल, प्रभात मावि, विश्वप्रकाश मावि र इडेन गार्डेन स्कुललाई पराजित गर्दै ४ खेलमा ८ अंक बटुल्दै समूहको शीर्ष स्थानमा रहन सफल भयो । यो समूहबाट समूह उपविजेताको रुपमा सनराइन इङलिस स्कुल अन्तिम चारमा पुग्ने सम्भावना छ । सनराइन ३ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । सनराइजले अन्तिम खेलमा आइतबार प्रभात माविसंग खेल्नेछ ।

अर्किडले शनिबार इडेन गार्डेन विरुद्धको अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ रोज्दै १ सय ८९ रन बनाएको थियो । अर्किडका लागि सगुन सापकोटाले शतकिय इनिङ खेले । उनले ७१ बलमा १ सय ९ रन बनाएर आउट भए । सगुनको शतक यस प्रतियोगिताको पहिलो र एक मात्र रहेको छ । मन्दिप बरालले १६ बलमा २२ रनमा नटआउट रहे । इडेन गार्डेनका लागि प्रवेश अधिकारीले २ र अवि सिंहले १ विकेट लिए ।

१ सय ९० रनको विशाल लक्ष्य पछ्याएको इडेन गार्डेन ८१ रनमै अलआउट हुन पुग्यो । उसका लागि विपिन रानामगरले सर्वाधिक २२ रन कुशल ठेनीले २० रन बनाए । इडेन गार्डेनलाई सस्तैमा समेट्न अर्किडका सन्देश सुवेदीले ४ ओभरमा १६ रन मात्रै खर्चिदै ५ विकेट लिए ।सगुन सापकोटाले बलिङबाट पनि ४ ओभरमा १२ रन खर्चिदै ४ विकेट लिए । सगुन खेलको प्लेयर अफ दि म्याच घोषित भए ।

प्रतियोगितामा आइतबा सनराइन र प्रभात माविको खेलमा सनराइन विजयी भएको खण्डमा भने इडेन गार्डेनले विश्वप्रकाश माविसंग खेल्ने अन्तिम खेल सान्त्वन जितको लागि मात्रै हुनेछ । इडेन गार्डेन ३ खेलमा २ अंक मात्रै बटुल्न सकेको छ ।
यसैबीच आज (शनिबार) नै भएको समूह ‘ए’ अन्तरगतको दोस्रो खेलमा लक्ष्मी माविले जित निकालेको छ । लक्ष्मी माविले गंगानगर माविलाई ९ रनको झिनो अन्तरले हराउँदै सुखद अन्त्य गरेको छ ।

टस जितेर पहिले व्याटिङ गरेको लक्ष्मी मावि १८.२ ओभरमा अलआउट हुँदै ८५ रन बनायो । उसका लागि भविन्द्र रोकायले २३ र कुन्दन यादवले १६ रन बनाए । गंगानगर माविका लागि उर्बर तामाङले ४ ओभरमा एक मेडनसहित १४ रन खर्चिएर ४ विकेट लिए । रुपेश महतोले आफ्नो पहिलो ओभरको लगातार २ बलमा २ विकेट लिए ।

८६ रनको लक्ष्य पछ्याएको गंगानगर मावि १३.४ ओभरमा ७६ रनमा अलआउट भयो । उसका लागि विश्वास तामाङले २८, मोहित विकले १० रन बनाए । गंगानगरलाई अलआउट गर्न कुन्दन यादवले ४ ओभरमा १५ रन खर्चिदै ४ विकेट र समिर गैरेले २.४ ओभरमा १० रन खर्चिदै ३ विकेट लिए । खेलमा लक्ष्मी माविका कुन्दन यादव प्लेयर अफ दि म्याच घोषित भए ।

यस समूह ‘ए’बाट लगातार ३ खेलबाटमा जित निकाल्दै वाल्मिकी शिक्षा सदन ६ अंकको साथ शीर्ष स्थानमा छ । नारायणी नमुना मावि ४ खेलमा ३ जितका साथ ६ अंक जोड्दै दोस्रो स्थानमा छ । अंकुरम एकेडेमी ३ खेलबाट ४ अंकका साथ तेस्रो स्थानमा छ ।

यस समूहको अन्तिम खेलमा आइतबार वाल्मिी र अंकुरम एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ । त्यो खेलमा अंकुरम विजयी भए तीनै टोलीको समान ६ अंक हुनेछ भने नेटरनरेटको आधारमा सेमिफाइनल पुग्ने २ टोलीको टुंगो लाग्नेछ । अंकुरम पराजित भएमा खण्डमा वाल्मिकी र नारायणी सेमिफाइनलमा पुग्नेछन् ।

भरतपुर महानगरपालिकाको आयोजना, चितवन जिल्ला क्रिकेट संघको सह–आयोजना र एक्सपर्ट एजुकेशन एन्ड भिजा सर्भिसेज चितवनको मुख्य प्रायोजनमा प्रतियोगिता संचालन भइरहेको प्रतियोगिताको फाइनल खेल फागुन १९ गते शनिबार हुनेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.