2 years ago
February 25, 2024
एजेन्सी – भारतले इङ्ल्यान्डविरुद्धको चौथो टेस्ट जित्नका लागि दोस्रो इनिङ्समा अब १ सय ५२ रन बनाए पुग्नेछ । इङ्ल्यान्ड दोस्रो इनिङ्समा १ सय ४५ रनमा अलआउट भएपछि भारतले जितका लागि १ सय ९१ रनको लक्ष्य पाएको हो ।
तेस्रो दिनको खेल सकिदा भारतले विना विकेटको क्षति ४० रन बनाएको छ । कप्तान रोहित शर्मा २४ र यशस्वी जैसवालले १६ नकआउट छन् । दुई दिनको खेल बाँकी रहँदा भारत बलियो अवस्थामा रहेको छ । ७ विकेटको क्षेतिमा २ सय १९ रनबाट भारतले तेस्रो दिन आइतबारको खेल सुरु गरेको थियो ।
३० रनबाट खेल अघि बढाएका ध्रुब जुरेल शतक बनाउनबाट १० रन चुकेका थिए । १७ रनबाट दिनको सुरुवात गरेको कुलदीप यादवले २८ रन बनाएका थिए । भारतले पहिलो इनिङ्सले ३ सय ७ रनमा अलआउट भएको थियो । इङ्ल्यान्डले पहिलो इनिङ्समा ३ सय ५३ रन बनाएको थियो ।
इङ्ल्यान्ड दोस्रो इनिङ्समा भारतीय स्पिनरले ध्वस्त बनाएका थिए । रविचन्द्रन आश्विनले ५, कुलदीप यादवले ४ र रविन्द्र जडेजाले १ विकेट लिएका थिए । इङ्ल्यान्डका लागि ओपनर ज्याक क्रेवेलले अर्धशतक बनाएका थिए ।
क्रेवेलले टोलीका लागि सर्वाधिक ६० रन अर्का ओपनर बेन डकेटले १५, पहिलो इनिङ्समा शतक बनाएका जो रुटले ११, जोनी ब्रेस्टोले ३०, बेन फोक्सले १७ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । ५ टेस्टको श्रृखंलामा भारत २–१ अगाडि छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]