default_image

5 months ago

February 25, 2024

हिमालयन र मेलम्चीको जित

194 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पाँच पोखरी टि२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको दोस्रो दिन हिमालयन क्रिकेट क्लब र मेलम्चीले जित दर्ता गरेका छन् ।

हिमालयन क्रिकेट क्लबले चौतारा साँगाचोकगढी नगरपालिकालाई ६४ रनले हरायो । पाँचपोखरीले टस जितेर पहिला ब्याटिङ रोज्दै निर्धारित २० ओभरमा १२८ रन बनाएको थियो । पेम्बा तामाङले ५७ रनको पारी खेलेका थिए भने कप्तान पासाङ तामाङ ले २९ रन बनाए ।

जवाफी ब्याटिङमा ओर्लेको चौतारा ले १७.३ ओभरमा अल आउट हुँदै जम्मा ८३ रन बनायो । म्यान अफ द म्याच हिमालयनका करण तामाङले महत्त्वपूर्ण ४ विकेट लिन सफल भए ।

आजै भएको दोस्रो खेलमा मेलम्ची नगरपालिकाले जिक दर्ता गर्यो । इन्द्रावती गाउँपालिकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३ रन बनाएको थियो ।

इन्द्रावती गाउँपालिका ब्याटर चन्द्रकान्त पौडेलले ३२ रन र उमंग धितालले २६ रन बाहेक अन्य कुनै पनि ब्याटर उल्लेख रन प्रहार गर्न सकेनन् । मेलम्ची नगरपालिकाका सोनु देवकोटाले ३ विकेट रिन्जिन लामा र प्रशिस श्रेष्ठ २-२ विकेट लिए ।

जवाफी ब्याटिङमा ओर्लेको मेलम्ची रिन्जिन लामाको ४२ रन र राकेश श्रेष्ठको २५ रन को मद्दतले १७.४ ओभरमा ४ विकेट को क्षतिमा लक्ष्य हासिल गर्यो । म्यान अफ म्याच रिन्जिन लामा भए ।

भोलिको पहिलो खेल आयोजक पाँचपोखरी क्रीकेट क्लब र माइटी साङ्गाचोक तथा चौतारा साङाचोकगडी र भोटेचौर स्पोर्ट्स क्लब खेल्नेछन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.